-रामनाथ खनाल
सिमसिमे साउने झरीका बिच सुन्धाराको गल्लीमा भेटिएकी अधबैँसे महिला सहरको भिडमा बैग्लै पीडा लिएर बाँचेकी रहेछिन् । भद्धा श्रृङ्गार अनुहारमा पोतेकी उनी साँझसम्मै ग्राहकको प्रतिक्षामा आँखा लोलाउँदै थिइन्। तथापी उनको अनुहारमा निराशा र दिक्दारीको रेखाहरु भेटिँदैनथ्यो । साथै भद्धा मेकअप, आवश्यकता भन्दा बढी पोतिएका ओठका लालीले पनि मुस्कान भर्न सकेको थिएन । सायद बुढ्यौलीले हुनुपर्छ अनुहार निबुवा निचोरिएझैँ देखिन्थो । अभाव, पीडा अनेक बाधा व्यवधानले मुजा परेका अनुहार बोकेर उनी रातदिन त्यही गल्लीमा भौँतारिरहन्छिन् । अनेक व्यवसाय र पेशाको सम्भावना भएको सहरको भिडमा किन उनी सबैले घृणा गर्ने आफ्नो शरिर बेच्ने र अर्काको शारिरिक भोक मेटाइदिने पेशा अँगाल्न बाध्य छिन् रु
‘पापी पेट पाल्न ।’ उनको सहज उत्तर त छ तर यस भित्र अनेक कथा व्यथा छन् ।
उनको व्यथा यसरी शुरु हुन्छ,
मेरो जन्म बर्मामा भएको हो । बर्माबाट नेपाल आउँदा म ४ वर्षकी हुँदी हुँ । नेपालबाट काम गर्न बर्मा पुगेका नेपालको पूर्वी जिल्ला भोजपुरका एकजना राई थरको मानिससँग आमाले विहे गर्नुभएछ । विहे पछि आमाले मलाईसँगै लिएर नेपाल आउनु भएको हो । म सँग मेरा तीन जना दाजुहरु पनि थिए रे । बुबा कामको सिलसिलामा भुटान जानु भएको रहेछ । खै रु कसरी भेट भएर आमाले ति मानिससँग विहे गर्नु भयो । तर म सानी भएकाले मायाँ लागेर आमाले पनि मलाई छाड्न सक्नु भएन ।
आमासँग विहे गरेपछि ति बाउ भन्नु पर्नेलाई उनको काम गर्ने कम्पनीबाट निकालिदिएछ । त्यसपछि उनले हामीलाई नेपालको विराटनगर भन्ने ठाममा ल्याए । उनले सिधै हामीलाई उनको घर लगेनन् । पछि उनको आफन्त मार्फत थाहा भयो उनको घरमा दुईवटी श्रीमती रहेछन् । जहाँ काम गर्न गयो त्यहीबाट श्रीमती लिएर आउने उनको बानी रहेछ ।
विराटनगरमा एकजना आफन्तको घरमा हामीलाई छोडेर उनी भोजपुर गए । गाउँ गए पछि उनी झण्डै दुई महिना उतै हराए । दुई महिना सम्म उनको आफन्तले जेनतेन हामीलाई पाले । पछि आफन्तसँग आमाले रोई कराई गर्नु भयो । आमाले रोई कराई गरेपछि बल्ल उनी विराटनगर आए र हामीलाई छुट्टै कोठा खोजेर राखिदिए । थोरै दाल चामल र केही पैसा छोडिदिएर उनी फेरी कता हराए । त्यसपछि उनी कहिल्यै फर्केर आएनन् । बर्मामा हुर्के बढेको हामीलाई बिराटनगरको चर्को गर्मी खपिनसक्नुको थियो । त्यहाँको बातावरण पुरै नौलो थियो । चिने जानेको कोही थिएनन् । उतिवेला विराटनगरमा अहिलेको जस्तो घनावस्ती र घरहरु थिएनन् । जता हेरे पनि फाँट भन्दा केही भेटिँदैनथ्यो । उनले जोहो गरिदिएको चामल, दाल र पैसाले धेरै दिन चलनेवाला थिएन ।
विराटनगरमा आएपछि हाम्रो दुर्दिन शुरु भयो । आमा कयौँ छाक भोक भोकै बसिन् । मलाई थाहा भएसम्म आमाले पानी मात्र उमालेर पनि खाईन् । त्यसबेला आमा मलाई काखि च्यापेर घण्टौँ रुन्थिन् । आफैँ सम्हालिन्थिन र कतै गएर केही खोजेर ल्याएर मलाई खुवाउँथिन् ।
बिराटनगर बस्दा आमा दाईहरुलाई सम्झिएर रुन्थिन् । भुटानमा रहेका अर्का बाउलाई पनि सम्झिन्थिन् र कत्तिपल्ट भित्तामा टाउको ठोक्काउँथिन् । भदौको महिना थियो, बाउ भनाउँदोले छोडेर वेपत्ता भएको बर्ष दिन बढी भैसकेको थियो । अवला आमाछोरीले के खाए के गरे होला भन्ने उसमा कुनै दया आएनछ क्यारे उसले कुनै खवर पठाएन । ऊ फर्किएर पनि आएन ।
एक रात आमाले म निदाएको मौका पारेर पासो लगाएर आत्महत्या गर्न खोजिछिन् । तर उनको पनि दिन आइपुगेको रहेनछ । भुइँतलाको घरको काठको दलिनमा उनले घाँटीमा लगाएको पासो चुँडिएर पछारिन पुगिछिन् । उनी लडेको आवाजले म बिउँझिएछु त्यसपछि उनले फेरी आत्महत्या गर्ने हिम्मत गरिनछिन् ।
यस्तैमा एक दिन हाम्रो दुःख देखेर एकजना मनकारीले आमालाई होटलमा भाँडा माझ्ने काममा लगाइदिएछन् । होटल मालिककले पनि हाम्रो दुःख देखेर हामीलाई उनकै होटलमा खाने बस्ने बन्दोवस्त गदिएको थियो । होटलमा काम गर्न थालेपछि भने हाम्रो अवस्था अलि सुध्रन थालेको थियो ।
म पनि बुझ्ने भैसेकेकी थिएँ । होटलमा आमालाई म पनि सघाउँथे र नजिकैको स्कूल भर्ना पनि भएकी थिएँ र स्कूल जान्थेँ त्यतीवेला छोरीहरु प्रायः स्कूल जाँदैनथे । मेरो जीवनमा विस्तारै खुसी प्रवेश गर्दै थियो । तर त्यो खुसी धेरै समय रहन पाएन । होटलमा काम गर्न थालेको वर्ष दिन के भएको थियो आमाले होटलमा खाना खान आउने पश्चिमतिरको एक जना ड्राइभरसँग विवाह गरेर गइन् ।
त्यसपछि म पुरै वेसाहारा भएँ । भर्खरै आठ वर्ष लागेकी थिएँ । होटलको भएभरको काम मैले नै गर्नुपर्ने भयो । विहान उदायचल देखि बेलुका अस्ताएचल सम्म मलाई फुर्सद हुँदैनथ्यो । कामले गर्दा स्कूल जान पाउने कुरै थिएन । यतिकैमा एक दिन काठमाडौँ–बिराटनगर रुटको गाडी चलाउने ड्राइभरले मलाई काठमाडौँको राम्रो होटलमा काममा लगाइदिन्छु भनेर काठमाडौँ जाउँ भनेर फकायो । म पनि काठमाडौंमा राम्रो काम पाउने आशामा ऊ सँगै काठमाडौं आएँ । उसले मलाई पुरानो बागबजार भएको ठाउँको एउटा होटलमा काममा लगाई दियो ।
शुरुमा त ति होटल मालिकले राम्रै गरे । पछि विस्तारै मलाई दुःख हुन थाल्यो । रातभरी जाँड रक्सि खाएर मानिसहरु होहल्ला गर्थे । तिनले खाएका जुठा भाँडाहरु माझेर सुत्दा रात छिप्पी सकेको हुन्थ्यो । फेरी उज्यालो नहुँदै पानी भर्नुपर्ने , दुःखको बयान गरेर साध्य थिएन ।
होटलका साहु खराव थिए । बेलाबेलामा म माथी गिद्धे नजर लगाउँथे । तर पनि म वेवास्ता गर्दै आफ्नो काम गर्थेँ । एकदिन श्रीमती नभएको मौका पारेर आफ्नो कोठमा लगेर जवरजस्ती गर्यो । म सानी थिएँ । नछुने समेत नभएकी मलाई उनले रातभरी गर्यो । मलाई दुखेर खपि नसक्नु भयो । तर उनमा कुनै दया पलाएन । उल्टै कसैलाई भनेमा मारिदिने धम्कि दियो ।
त्यस दिन उ रक्सिले मातिएको थियो । जवरजस्ती गर्दा मेरो योनी च्यातिएर पिसाव फेर्न समेत नहुने भएको थियो । म तीन दिन उठ्न सकिन । पछि उसकी श्रीमती माइतबाट आए पछि म विरामी भएको देखेर उनले सोधिन् मैले पनि नढाटी सवै कर्तुत भनिदिएँ । इज्जत जाने डरले उनले पुलिसलाई चाँही खवर गरिनन् । होटल साहुले पनि आफैंले रक्सिको नशामा गल्ति गरेको भन्दै श्रीमतीसँग हात जोडेर उक्किए । तर उनको दुव्र्यवहार रोकिएन । श्रीमती नभएको मौका पारेर उसले कयौँ पल्ट म माथी शोषण गर्यो । मलाई जवरजस्ती गर्न थाले देखि उसले होटलको काम कम लगाउने, राम्रा राम्रा कपडा किनिदिने गरेर मलाई फकाउन पनि थालेको थियो । मेरो कर्म यस्तै रहेछ छोडेर पनि कहाँ जाउँ भन्दै चुपचाप सहँदै म त्यही होटलमा काम गरेँ ।
यस्तै दुःख सहँदै र उनको दुव्र्यवहार भोग्दै मैले ६ सात वर्ष त्यही होटलमा विताएँ । उसको दुव्र्यवहारको सिमा नाघ्न थालेको थियो । त्यस्तैमा एक दिन होटलमा एउटा देशी आएको थियो । होटल साहुले रातभरी त्यस देशीको सेवा गर्नुपर्छ भन्दै मलाई उसको कोठामा लगेर छाडिदियो र बाहिरबाट चुकुल लगाइ दियो । त्यसपछि त्यो देशिले मलाइ जवरजस्ति गर्न थाल्यो । म उम्किएर भाग्न सक्ने अवस्था थिएन । उसले जे जसो गरेपनि चुपचाप सहनु पर्ने मेरो बाध्यता थियो । त्यस रात उसले मलाई तीन पटक जवरजस्ती गर्यो ।
यसरी त्यहीँबाट म पेशवेर यौनकर्मी भएँ । त्यसपछी म चाहेर पनि म त्यो नरकबाट बाहिर आउन सकिन । त्यही होटलमा अरु पाँच बर्ष विताए । त्यसपछी म ठमेल सुन्धारा लगायतका होटलहरुमा त्यस्तै काम गरेँ । जीविकोपार्जनको माध्यम बनाएँ । मेरा ग्राहकहरु अधिकांश ड्राइभर, आर्मी पुलिस देखि ठूला घरानीया सम्मका थिए । ठमेलमा काम गर्दा म सँगै अरु ४–५ जना केटीहरु पनि थिए । उनीहरु पनि त्यस्तै थिए । कोही सौतेनी आमाको हेलाँ सहन नसकेर घर छोडेका, कोहीलाई श्रीमान्ले छाडेका यस्तै थिए । उनीहरु भेटेपछि मेरो पनि मन हल्का भएको थियो ।
ग्राहकलाई हामीले विभिन्न हिसावले सन्तुष्टी दिनु पर्दथ्यो । प्राकृतिक अप्राकृतिक, मुख मैथुन, गद मैथुन सवै गराउँथे । यसो भनौँ उनीहरु आफ्ना पार्टनरहरुसँग असन्तुष्ट भएर हामी कहाँ आउँथे । कति त लामो समय श्रीमतीहरुबाट टाढिएर बस्नु पर्दा नियमित सम्पर्कको माध्यम हामीलाई नै बनाएका थिए ।
एक घण्टा देखि पुरै रात विताउने ग्राहकहरु हाम्रो सम्पर्कमा थिए । तिनलाई लिएर होटलमा आउनु खुवाउने पियाउने र यौन सन्तुष्टी दिलाएर पठाउने नै हाम्रो काम हुन्थ्यो । हामी कहिले कहिले ठमेलको सञ्चयकोष भवन वरपर ग्राहक खोज्थ्यौँ त कोही आफैँ सम्पर्क गर्दै हामीकहाँ आइपुग्थे ।
थरी थरीका ग्राहक भेटिन्थे । युवकहरु नशामा लठ्एिर आउने हुँदा लामो समय सक्रिय हुन्थे भने बुढाहरुलाई त उनीहरुको यौनाङ्ग चलाएरै भए पनि सन्तुष्ट पार्नु पर्दथ्यो । तर युवकहरुको तुलनामा भने बुढाहरुले मनग्य पैसा दिन्थे ।
त्यसरी दर्जन बढी होटल चहार्दै र थुप्रै ग्राहकलाई सन्तुष्ट पार्दा पार्दै बैँस सिद्धियो । यो ढल्कँदो उमेरमा अझैँ पनि ३–४ जना नियमित ग्राहकलाई सन्तुष्ट पार्नु पर्छ ।
विहेको आश्वासन धेरैले दिए
सम्बन्ध राख्ने क्रममा धेरैले विहे गर्ने आश्वासन पनि दिए । तर आफ्नो पेशानै त्यस्तो भएकाले बिहे दिगो हुने विश्वास थिएन । त्यसैले कसैसँग पनि विहे गरिएन । ड्राइभर देखि उपल्लो तहका मानिसहरुले पनि विहे गर्ने आश्वासन दिएका थिए । धादिङ घर भएका एक युवकले त धेरै नै कर गरेका थिए । उसँग पनि सम्वन्ध राख्ने क्रममा नै भेट भएको थियो । उसँग म पनि आकर्षित भएको थिएँ तर पनि उ आफैँ गायब भयो ।
कमाइ भए पनि बचत छैन
ठमेलमा अखडा बनाए पछि कमाई राम्रै हुन थालेको थियो । दैनिक दुई हजार देखी पाँच हजार सम्म कमाइ हुने भएता पनि खर्च त्यही स्तरमा हुने भएकाले कमाएको पैसा बचाँउन सकिएन । राम्रो लुगा लगाएर हिँड्नु पर्ने, मेकअप त्यस्तै गर्नु पर्ने र मोज मस्ती गर्ने बानी परेकाले पैसा बचाउन सकिएन । तर पनि काठमाडौँमा जग्गा भने जोड्न सकेकी छु । जमानामा कमाई भएको बेलामा बचाउन सकेकी भए घर बनाउन सक्ने रहेछु । अहिले पश्चाताप लागिरहेको छ ।
कलेज पढ्ने देखि उच्च सरकारी कर्मचारी सम्म नियमित ग्राहक
अहिले मसँग नियमित ३–४ जना ग्राहक छन् । तर ति ग्राहकहरु कलेज पढ्ने केटा देखि माथिल्लो तहका व्यक्तिहरु समेत छन् । कोही भर्खरै स्कूल कलेज पढेका केटाहरु पनि आउँछन् । कोही त पहिलो पल्ट हो भन्छन् । कण्डम नलगाइकन सम्पर्क गर्दिन भन्छन् । पहिलो पल्ट आएकाहरुलाई भने सबै आफूले नै सिकाई दिनु पर्छ । पहिलो पल्ट सम्पर्क राख्नेहरु धेरैबेर सक्रिय हुन सक्दैनन् र चाँडै स्खलित हुन्छन् । तर पनि नियमित जसो आउने उनीहरुले भनेजति रकम दिन्छन् । सम्पर्क गर्न बुढाहरु पनि आउँछन् । घरमा श्रीमती र नाती नातिना समेत भएका उनीहरुलाई सन्तुष्ट पार्न भने गाह्रो हुन्छ । सम्वन्ध राख्न आउने आर्मी पुलिसका मानिसहरु भने राम्रा नियतका हुँदैनन् । भनेजति पैसा पनि नदिने र अनावश्यक दुःख दिने र ठाउँ पर्यो भने थुनाउन समेत पछि नपर्ने हुँदा उनीहरुसँग परै बसिन्छ ।
धैरै छन् यौन अखडा
मैले काम शुरु गर्दा यो नौलो धन्दा थियो । तर आज भोलि धेरै नै यस्ता अखडाहरु बनिसकेका छन् । काम गर्दै जाँदा म यस्तो ठाउँमा पुगेकीँ थिएँ कि त्यस ठाउँको होटल मालिक्निले आफ्नी छोरीलाई समेत त्यस्तो काममा लगाएकी रहिछिन् । पछि ति आईमाई कता पुगिन् थाहा हुन सकेन ।
समाजले हामीलाई यौनकर्मीको रुपमा बुझ्छ । यो सम्बन्धमा पनि हामी महिलाहरुलाई तल पारिएको छ । हामीसँग सम्बन्ध गाँस्न आउने पुरुषहरुचाँही के हुन् त ? धेरै जनासँग सम्बन्ध राखे वापत हामी वेश्या हुने तर ति पुरुषहरु चाँही चोखिएर हिड्न मिल्छ ? हामी रहरले यो पेशामा आएका होइनौँ । समाजले नै हामीलाई यो स्तर दिएको हो । मलाई लाग्छ रहर वा इच्छााले कोही पनि यो पेशामा लाग्दैन । परिवन्धले गर्दा नै मानिस यस्तो नरकमा फस्न पुग्छ, हामी त्यस्तै भएका हौँ । राम्रो काम पाए यस्तो कुकर्ममा को लाग्थ्यो र ?
No comments:
Post a Comment