रुवाएरै मार्ने भए जिन्दगीमा आयौ किन ?
हाँसो सवै लुट्ने भए साँचो माया लायौ किन ?
मेरो संसार उजाडीयो दिन दहाडै जुन खस्यो
अनायसै निस्कनु थ्यो मनै भरी छायौ किन ?
मायाँ गर्ने बहानामा पलपल यहाँ रुवाउँदै
खुकुरी झैँ चोट दिन अचानो नै ठान्यौ किन ?
छिया छिया भयो मुटु पीडाले म घायल छु
तिम्रो जस्तै मन मेरो दुख्दैन कि मान्यौ किन ?
©रामनाथ खनाल
जोरपाटी–४ काठमाडौँ ।

No comments:
Post a Comment