मेरी आमाहरु
अञ्जुलीभरी जाँगर लिएर
पूर्व क्षितिज राताम्य नहुँदै
घित्रिक्क दैलो उघार्छन्
बर्षातले चिथोरेका बलेसीका भित्ताहरुमा
पोतारीले रङ्ग्याउँछन्
खिइएका मूलथाम ओरपर
उप्किएका खस्रो मझेरीमा
हात दराल्छन्
उज्यालो बनाउँछन्
प्रत्येक दिन
विहानी प्रहर
भालेको डाँक सँगै
पुच्छ्रे तारा नझर्दै
पँधेरामा गाग्रीको लाम भर्छन्
अनि चढ्छन् बाङ्गे भिर
थाप्लोमा बाध्यताको डोको बोकेरे
फेरो मारेर घाँस काट्छन्
मुठा कस्छन्
भारी बाँध्छन्
पिठिउँबाट पसिना चुहाउँदै
मध्य विहानीमा घर फिर्छन
टाट्नामा घाँस फ्याँक्छन्
कुँडेको खोलो चटाउँछन् बस्तुभाउलाई
फु–फु गर्दै चुलो तताउँछन्
खोले फाँडो पकाउँछन्
खै कति खान्छन् ?
दुःखको सातु सामल
अभावको भान्छाहरुमा
अझै सुध्रिएन मेरी आमाहरुको जिन्दगी
रोकिएन आँखाबाट अँश्रु्धारा
उजेलीएन फुस्रो घर
जती पोतारी घसेपनि
रक्तमुछेल कुर्कुचाहरु ओभानिएनन्
सन्तान् वियोगमा पिडाहरुले
मल्हम पाएनन्
बुढेसकालमा सहारा भेटेनन्
अनि कसरी उँभो लाग्छ मेरो देश ?
लाखौँ आमाहरुको आशुँको भारी बोकेर
©रामनाथ खनाल
जोरपाटी–४ काठमाडौँ ।
अञ्जुलीभरी जाँगर लिएर
पूर्व क्षितिज राताम्य नहुँदै
घित्रिक्क दैलो उघार्छन्
बर्षातले चिथोरेका बलेसीका भित्ताहरुमा
पोतारीले रङ्ग्याउँछन्
खिइएका मूलथाम ओरपर
उप्किएका खस्रो मझेरीमा
हात दराल्छन्
उज्यालो बनाउँछन्
प्रत्येक दिन
विहानी प्रहर
भालेको डाँक सँगै
पुच्छ्रे तारा नझर्दै
पँधेरामा गाग्रीको लाम भर्छन्
अनि चढ्छन् बाङ्गे भिर
थाप्लोमा बाध्यताको डोको बोकेरे
फेरो मारेर घाँस काट्छन्
मुठा कस्छन्
भारी बाँध्छन्
पिठिउँबाट पसिना चुहाउँदै
मध्य विहानीमा घर फिर्छन
टाट्नामा घाँस फ्याँक्छन्
कुँडेको खोलो चटाउँछन् बस्तुभाउलाई
फु–फु गर्दै चुलो तताउँछन्
खोले फाँडो पकाउँछन्
खै कति खान्छन् ?
दुःखको सातु सामल
अभावको भान्छाहरुमा
अझै सुध्रिएन मेरी आमाहरुको जिन्दगी
रोकिएन आँखाबाट अँश्रु्धारा
उजेलीएन फुस्रो घर
जती पोतारी घसेपनि
रक्तमुछेल कुर्कुचाहरु ओभानिएनन्
सन्तान् वियोगमा पिडाहरुले
मल्हम पाएनन्
बुढेसकालमा सहारा भेटेनन्
अनि कसरी उँभो लाग्छ मेरो देश ?
लाखौँ आमाहरुको आशुँको भारी बोकेर
©रामनाथ खनाल
जोरपाटी–४ काठमाडौँ ।
No comments:
Post a Comment