‘चरी’ मरेकोमा
‘विचरी’लाई चिन्ता भो
कुचो लगाउनु पर्नेलाई
हावाले उडाउँदा भुत्राको! सुर्ता यो ?
बजारमा यस्तै हल्ला सुनेको
त्यही भएर यहाँ तुनेको
‘चरी’ र ‘विचरी’को ‘लव’ होइन
सँगै लुट्ने ‘जव’ थियो रे
नाथे ‘चरी’ मार्दा किन यत्रो हल्ली खल्ली रु
अरु पनि ढाल्नुपर्छ छान्दै गल्ली गल्ली
काग कराउँदै गर्छ ‘चरीहरु’ मर्दै गर्छन
अरु त के हुनु पुलिसले गोजी भर्छन्
सुर्ता नलेऊ ‘विचरी’
जावो ‘चरी’ न हो मरेको
लुट्नकै लागि धादिङबाट झरेको
भुत्रो ! लिन्छौँ अझै चिन्ता रु
छैनौँ हामी हिस्सी परेको
यस्तै छ यहाँ
बाह्रै मास गाईजात्रा जहाँ
सद्दे केटा गाँजा तान्छन्
सद्दे केटी गुण्डा छान्छन्
पुलिस मोराहरु को त के कुरा गर्नु रु
पेशा नै हो उनीहरुको बगली भर्नु
रात नपर्दै डिस्को धाउँछन्
अपराधी छाड्छन् वेकसुर समाउँछन्
यता त तेता का नेताको झन् के कुरा गर्नु
पेशा नै हो कुराले आकास– पताल भर्नु
दुःखमा परेका जनतालाई अझै सताउँछन्
लुटाहा मर्दा सडक–सदन तताउँछन्
डक्टर सा’प झनै अपार छन्
अचेल उनीहरु आन्दोलनमा छन् अरे
जाँच्नु परे क्लिनिकमा आउनु रे भरे
स्टेथेस्कोप समाउने हातले मसाल झोस्याछन्
सरकारी सुकाउँदै निजी अस्पताल पोस्याछन्
युवा विद्यार्थी पनि उस्तै हुन्
बाह्रै महिना आन्दोलनमा रमाउँछन्
किताव कापी बालेर इँटा समाउँछन्
कोही केटी त मन पर्नै हुन्न
सिधै लाइब्रेरी छलाउँछन्
सर्वसाधारणको पनि उस्तै छ हाल
ठिक छैन जनता पनि आजकाल
विदेशीएकाका श्रीमती नाठो जगाउँछन्
घरमा भ’कीले श्रीमान अन्तै भगाउँछिन्
तरुनी र बुढी छुट्याउनै गाह्रो
१४ वर्ष पुग्या छैन हेराई कति साह्रो
स्कूल गा’की छोरी व्वोयफ्रेण्ड सँग गई रे
नछुनेनै नभा’की गर्भवती पो भई रे
पत्रकारको पनि उस्तै चाला
देख्नै पर्दैन समाचार लेख्छन्
सत्य र तथ्य शव्दले नै छेक्छन्
कलम भन्दा बलियो झुटको झण्डा बोक्छन् ।
-रामनाथ ‘अलपत्रकार’
‘विचरी’लाई चिन्ता भो
कुचो लगाउनु पर्नेलाई
हावाले उडाउँदा भुत्राको! सुर्ता यो ?
बजारमा यस्तै हल्ला सुनेको
त्यही भएर यहाँ तुनेको
‘चरी’ र ‘विचरी’को ‘लव’ होइन
सँगै लुट्ने ‘जव’ थियो रे
नाथे ‘चरी’ मार्दा किन यत्रो हल्ली खल्ली रु
अरु पनि ढाल्नुपर्छ छान्दै गल्ली गल्ली
काग कराउँदै गर्छ ‘चरीहरु’ मर्दै गर्छन
अरु त के हुनु पुलिसले गोजी भर्छन्
सुर्ता नलेऊ ‘विचरी’
जावो ‘चरी’ न हो मरेको
लुट्नकै लागि धादिङबाट झरेको
भुत्रो ! लिन्छौँ अझै चिन्ता रु
छैनौँ हामी हिस्सी परेको
यस्तै छ यहाँ
बाह्रै मास गाईजात्रा जहाँ
सद्दे केटा गाँजा तान्छन्
सद्दे केटी गुण्डा छान्छन्
पुलिस मोराहरु को त के कुरा गर्नु रु
पेशा नै हो उनीहरुको बगली भर्नु
रात नपर्दै डिस्को धाउँछन्
अपराधी छाड्छन् वेकसुर समाउँछन्
यता त तेता का नेताको झन् के कुरा गर्नु
पेशा नै हो कुराले आकास– पताल भर्नु
दुःखमा परेका जनतालाई अझै सताउँछन्
लुटाहा मर्दा सडक–सदन तताउँछन्
डक्टर सा’प झनै अपार छन्
अचेल उनीहरु आन्दोलनमा छन् अरे
जाँच्नु परे क्लिनिकमा आउनु रे भरे
स्टेथेस्कोप समाउने हातले मसाल झोस्याछन्
सरकारी सुकाउँदै निजी अस्पताल पोस्याछन्
युवा विद्यार्थी पनि उस्तै हुन्
बाह्रै महिना आन्दोलनमा रमाउँछन्
किताव कापी बालेर इँटा समाउँछन्
कोही केटी त मन पर्नै हुन्न
सिधै लाइब्रेरी छलाउँछन्
सर्वसाधारणको पनि उस्तै छ हाल
ठिक छैन जनता पनि आजकाल
विदेशीएकाका श्रीमती नाठो जगाउँछन्
घरमा भ’कीले श्रीमान अन्तै भगाउँछिन्
तरुनी र बुढी छुट्याउनै गाह्रो
१४ वर्ष पुग्या छैन हेराई कति साह्रो
स्कूल गा’की छोरी व्वोयफ्रेण्ड सँग गई रे
नछुनेनै नभा’की गर्भवती पो भई रे
पत्रकारको पनि उस्तै चाला
देख्नै पर्दैन समाचार लेख्छन्
सत्य र तथ्य शव्दले नै छेक्छन्
कलम भन्दा बलियो झुटको झण्डा बोक्छन् ।
-रामनाथ ‘अलपत्रकार’
No comments:
Post a Comment