Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

यसकारण बढ्दै छ बलात्कार



By  Unknown     1:58 AM    Labels: 
-रामनाथ खनाल
नेपाली समाजलाई अपराधले नराम्ररी गाँजेको छ ।  । अझ यसौँ भनौँ यहाँ घट्ने कुनै न कुनै घटनासँग अपराध जोडिएको छ । यौनको सवालमा नेपाली समाज निकै साँघुरो छ । त्यसो त विश्वमै धेरै लुकाइएको र अत्यधिक खोजिको विषय बन्न पुगेको यौनको मामिलामा हाम्रो समाज पनि यो भन्दा निरपेक्ष बन्न सक्ने कुरै भएन । हाम्रौ बैदिक सनातन धर्म, परम्परा र रितिरिवाजले पनि हामीलाई यौनका सबालमा निकै संकुचित बनाएको छ । धेरै कालसम्म साँघुरो मानसिकताबाट गुज्रदै आएको नेपाली समाजमा अहिले आधुनिकताको ठूलो भेलबाढी आइसकेको छ । यो आधुनिकताको भेलबाढीले फेरी हामीलाई यौनमा निकै उदार र फराकिलो बनाइदिसकेको दृष्टान्त खोज्न पश्चिमा सभ्याताको ठूल्ठूला किताबको अध्ययनको आवश्यकता नपर्ने भएको छ ।

लवाई खवाई र जीवनशैली जति फेरिँदै छ उत्तिकै यौनमा हामी उदांगो बन्दै छौँ । प्रविधिले हामीलाई जति नजिक बनाएको छ, त्यतीनै हामी यौनमा छरपष्ट भएका छौँ ।  दिन दुगुना रात चौगुना फेरिँदो रहनसहन र उत्तरआधुनिक जीवनशैलीले हाम्रो समाज बढ्दो यौन विकृतिको पर्याय बन्न पुगेको छ । त्यसो त यौन जौविक आवश्यकताको तर्क गर्न सकिएला । कसैले अतिआवश्यकीय  चिजको उपमा भिराउलान्  तर यौनलाई उदार बनाएर समाजमा विकृति विसंगतिको पर्दा हाल्न कोही कसैलाई छुट छैन ।

जोडिएको छ । त्यस माथि महिलामाथि सामान्य दुव्र्यवहार देखि बलात्कारसम्मका जघन्य यौन हिँसा अहिले सामान्य बन्न थालिसकेका छन् । दैनिक समाचार बनेर आउने त्यस्ता घटनाबाट नेपाली समाज अपराधकर्म तर्फ उन्मुख भएको  मात्र होइन हिँस्रक बन्न थालेको पुष्टि हुन्छ । हाडानाता भित्रै हुने करणी, नजिकै नाता जोडिएकाहरुसँग हुने यौनजन्य गतिविधि, वैदेशीक रोजगारीमा गएकाका महिलाहरुसँग हुन थालेको नाजायज यौन सम्बन्धहरुले गर्दा नेपाली समाजमा यौनजन्य घटनाहरु डरलाग्दो रुपमा अघि बढ्न थालेको प्रष्ट हुन्छ ।

खुलम्खुल्ला यौनलाई उत्प्रेरणा दिने खालका क्रियाकलाप र गतिविधिलाई आधुनिकताको नाममा छुट दिन सकिँदैन तर यौनका नाममा हुने  क्रियाकलापलाई भने परम्परागत मान्यताबाट मात्रै हेरिरहने हो भने नेपाली समाज हिंस्रक बन्दै जाने मनोविश्लेषकको ठहर छ । जति हामीले इच्छालाई गुम्स्याउछौँ, या कुण्ठीत बनाउछौँ, त्यसले दिने परिणाम झनै डरलाग्दो हुने तर्क उनीहरुको छ । त्यसका लागि यसको सुरक्षित अवतरण अत्यावश्यक छ । समाजमा दिनप्रतिदिन बढ्दो यौन हिँसालाई राज्यले नियन्त्रण गर्न नसक्ने हो भने स्थिति झनै भयावह बन्न सक्छ ।

अर्को तर्फ यस्ता कु–कृत्यहरुलाई रोक्न यौनप्रतिको हाम्रा साँघुरा मानसिकतामा पनि फेरवदल आउन अत्यावश्यक छ ।  र सोच्न जरुरी छ ‘कतै हाम्रो आधुनिक रहनसहन र फेशन तथा हामीले प्रयोग गरेका प्रविधि तथा सामाजिक सञ्जालप्रति हाम्रो अति लगावले हामीलाई विकृति उन्मुख त बनाईरहेको छैन ?’

पछिल्लो समय बलात्कार र यौन हिंसा एवम् दुव्र्यवहारका जघन्य अपराध बढ्नुको पछाडी प्रविधिको अति प्रयोग, पश्चिमा संकृतिको बढ्दो प्रभाव, धर्म परिवर्तनको भयाभवह स्वरुप र परम्परागत मू्ल्य मान्यताबाट स्खलित हुनु नै हो । त्यसको अलावा मुलुकी ऐनमा गरिएको व्यवस्थाको कार्यान्वयनको अभाव पनि देखिएको छ । मुलुकी ऐनका अनुसार कुनै पुरुषले कुनै महिलालाई एक मिनेट एकोहोरो हेरिरह्यो भने मात्रै पनि त्यसको आसय करणी ठहरिन्छ । यो त महिलाहरुको सुरक्षाका लागि गरिएको राम्रो व्यवस्था हो तर सामाजिक प्रतिष्ठा गुम्ने ठान्दै कतिपय घटना अपराधहरु प्रहरीकोमा नआउने, गुपचुप राख्ने तथा सामाजिक तहमा मेलमिलापको माध्यमबाट निराकरण गर्न खोजिने हुँदा कतिपय अवस्थामा अपराधकर्म गर्नेको मनोवल झनै उच्च हुने गरेको पाइन्छ  । अझ अर्को कुरा त बलात्कारजन्य घटनालाई पनि सिधै राजनीतिकर्मीहरुले संरक्षण गरिदिँदा अपराधीले उन्मुक्ति पाइरहेका छन् र खुलेआम अपराधकर्ममा अभिप्रेरित भैरहेका छन् ।

कानुनले व्यवस्था गरेको दण्ड सजायँको प्रभावकारी कायान्वयन हुन नसकेको कारण समाजमा यस्ता प्रकृतिका घटना बढेको यौन हिंँसामा परेका महिला तथा बालबालिकाको पुर्नस्थापनको क्षेत्रमा क्रियाशील संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउँछिन् ।

उनका अनुसार बलात्कारका ९६ प्रतिशत घटना बाहिरै आउँदैनन् । बाहिर आएका घटनाहरुलाई पनि राजनीतिक संरक्षण प्रदान हुने हुँदा समाजमा बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको छ । ‘यो हप्ता मात्र हामी कहाँ पाँच वटा त्यस्ता केसहरु आएका छन्’ उनले भनिन् ‘ति केस हाडनाताबाट भएका जघन्य बलात्कारका घटना हुन् ।’

बाबुद्वारा, काकाद्वारा, दाजुभाईद्वारा बलात्कृत हुनु परेको घटना बढ्नु्मा पनि समाजकै दोष रहेको उनको तर्क छ । जस्तो सु्कै घटनालाई पनि राजनीतिक रंग पोतिदिने र संरक्षण गरिदिनाले समाजमा बलात्कारका घटनामा कमी आउन सकेको छैनन् । 

‘समाज जती यौनका सवालमा सचेत हुनुपर्ने हो त्यती हुन सकेको छैन, नैतिक शिक्षाको अभाव छ, कानूनी अड्चन छन्, मुलुकमा दण्डहिनताले प्रस्रय पाएको छ, यस्तो अवस्थामा समाजमा घट्ने महिला हिंसा तथा बलात्कारजन्य घटनामा कसरी कमी आउँछ रु’ उनी प्रश्न गर्छिन् ।

त्यस्तै वलात्कृत भएको महिलाले आफैँ प्रमाण जुटाउनु पर्ने बाध्यताले पीडक सहजै उम्कन्छन् । अतः महिला तथा नाबालिका, युवती अथवा जुनसुकै  उमेरका महिलामाथि भएका यस्ता जघन्य अपारधहरुलाई निराकण गर्न पूरुष सचेत हुनुपर्ने उनको तर्क छ । ‘एउटा बाबुले सात वर्षीय बालिका बलात्कार गर्छ भने सम्पूर्ण बाबुहरुको अनुहारमा कालो पोतिन सक्छ’ उनी भन्छिन् त्यसैले पुरुषको अनुहारमा लागेको दाग मेटाउनका लागि पनि यस्ता प्रकारका घटनामा अगाडि आउनै पर्छ ।

त्यस्तै बलात्कृत महिलाको कानूनी उपचारका लागि सरकार कडा हुनुपर्ने भन्दै उनी बलात्कारीलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्ने तथा बलात्कार पछि सडकमा  आउन बाध्य हुने महिला तथा बालबालिकाहरुको सामाजिक पुर्नस्थापनाको लागि पनि सरकारले विशेष ध्यान पुरयाउनु पर्ने बताउँछिन् ।

समाजले बलात्कृत बालिका, युवती र महिलालाई पत्नि वा बुहारीका रुपमा नस्वीकार्ने हुँदा पीडकले सजाँय पाए पनि उनीहरु बाध्यताबस देह व्यापारमा लाग्न बाध्य हुन्छन् ।

मुलुकी ऐनले जबर्जस्ती करणीको महल अनुसार ६ देखि १० वर्षसम्म कैद सजायँको व्यवस्था गरेको भएता पनि पीडितले यथेष्ट प्रमाण जुटाउन नसक्ने हुँदा तथा पीडकले प्रमाण समेत नष्ट गरिदिँदा  उनीहरु  कानूनी कठघरामा उभिन सकेका छैनन् ।

समाजमा घट्ने यस्ता गम्भीर घटना न्यूनिकरणका लागि समाज आफैँ सचेत हुनु पर्दछ । जनता जागे पछि मुलुकमा ठूल्ठूला परिवर्तनहरु भएका छन् । त्यसैले पनि  महिला माथि हुने बलात्कार, यौन दुव्र्यवहार लगायतका घटना निराकरणका लागि समाजका हरेक तह र तप्काका मानिसहरु एकजुट हुने हो भने यस्ता घटनामा पक्कै पनि कमि आउन सक्छ ।
http://www.nepalpationline.com/rape-case-increase-70 

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment