Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

अस्थायी साधनका कारण बिबाहपूर्व यौन सम्बन्ध राख्ने बढे



By  Unknown     12:48 AM    Labels: 
-रामनाथ खनाल


 राजधानीको एक मेरिस्टोप्स सेन्टरमा गत आइतबार एउटा अनौठो घटना घट्यो । कलेज पढ्ने एक किशोरी  सेन्टरका कर्मचारी कहाँ पुग्ना साथ डाँको छोडेर रुन थालिन् । सुरुमा त त्यहाँका कर्मचारी निकै अलमलमा परे । पछि विस्तारै बुझ्दा उनको महिनावारी रोकिएको एक महिना भन्दा बढी भएको रहेछ । 

पोखरा घुम्न गएको वेला उनको व्वोयफ्रेण्डसँग सहमती मै यौन सम्पर्क भएको रहेछ । त्यस भन्दा अघि पनि सहमतीमै दुई/तीनचोटी यौन सम्पर्क भएको थियो । त्यतीबेला उनको पार्टनरले कण्डमको प्रयोग गरेर उनीसँग सम्बन्ध राखेका थिए । तर यस पटक भने उनको व्वोयफ्रेण्डले साधन विनानै सम्बन्ध राखेका कारण गर्भ रहन पुगेको थियो । त्यसबाट निकै आत्तिएकी उनी सेन्टरको सम्पर्कमा पुगेकी थिइन् । 

सेन्टरका कर्मचारीले उनको परिवारका सदस्यको उपस्थिती विनानै उनका चार हप्ताको गर्भ तुहाई दिए । 

सूचनाको बढ्दो पहुँच र प्रविधिको बढ्दो प्रयोग सँगै यौनप्रतिको बढ्दो जिज्ञासाका कारण सानै उमेरमा शारीरिक सम्पर्क राख्ने प्रवृत्ति खुलेआम रुपमा बढ्न थालेको छ ।  बग्रेल्ती खुलेका त्यस्ता केन्द्रहरु र बजारमा पाइने अनेकन प्रकारका साधनहरुले समाजमा बर्जित मानिएको विवाहपूर्वको यौन सम्बन्ध खुलम्खुल्ला हुन थालेको छ । 

कलेज पढ्ने युवायुवतीमात्र होइन, स्कूल पढ्दै गरेका किशोर किशोरीहरु नै यौनकार्यमा संलग्न हुने गरेको भेटिएको छ । 

स्कूल कलेज पढ्ने युवायुवती नै परिवार नियोजनका अस्थायी साधन खोज्न आउने दश वर्षदेखि बानेश्वरमा औषधी पसल सञ्चालन गरिरहेका एक व्यवसायीले बताए ।  पहिला युवकहरु त्यस्ता साधन खोज्न आउने भए पनि पछिल्लो केही वर्ष यता परिवार नियोजनका अस्थायी साधन खोज्न युवती तथा किशोरीहरु पनि आउन थालेका छन् । 

उनीहरुले प्रायः कण्डम, पिल्स, इमर्जेन्सी पिल्स, इकोन लगायतका साधनहरु खोज्न आउने पनि उनले बताए । राजधानी लगायत सहरी क्षेत्रमा टोल टोलमा खुलेका त्यस्ता औषधी पसलमा उनीहरुको सहज पहुँच पुग्ने भएकाले लुकिछिपी यस्ता साधनहरुका प्रयोग गर्नेहरुको संख्या बढेको छ  । तर, त्यसको प्रयोग गर्न नजान्दा किशोर–किशोरी समस्यामा पर्ने गरेका छन् । उमेर नै नपुगी तथा अविवाहित अवस्थामा अस्थायी साधनको नियमित प्रयोग गर्दा किशोरीहरुका लागि घातक हुने चिकित्सकहरु वताउँछन् । महिलाहरुले नरप्लान्ट, डिपोप्रोभेरा, पिल्सजस्ता साधन प्रयोग गर्दा दिर्घकालीन रुपमा प्रजनन् स्वास्थ्यमा असर पुर्याँउदछ ।  कण्डमको प्रयोगबाट कसैकसैलाई एलर्जी हुने बाहेक पुरुषको स्वास्थ्यमा कुनै असर नपुर्याउने भए पनि किशोरावस्थामा हुने यौन सम्बन्ध राम्रो होइन । 

लहै–लहै वा प्रलोभनमा परेर वा कतिपय अवस्थामा करकापमा समेत परेर यौन सम्बन्ध राख्दा जीवन नै बरबाद हुन सक्छ ।  इमर्जेन्सी पिल्स, कण्डमलगायतका साधनको प्रयोग गर्ने तरिका र यसका फाइदा–बेफाइदाबारे जानकारी नहुँदा यसले झनै खतरा निम्त्याउन सक्छ । तर यसबाट किशोर किशोरी र युवक युवतीहरु त्यती सचेत भएको पाइँदैन । 

झनै डरलाग्दो कुरा के हो भने त्यस्तो सम्बन्धबाट कतिपय किशोरीहरु कलिदै उमेरमा गर्भपतन गराउन पुग्दछन् । गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको र जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा १८ हप्तासम्मको गर्भ पतन गराउन सकिने कानुनी मान्यता भएकाले कतिपयले त यसलाई परिवार नियोजनको साधनकै रुपमा उपयोग गर्न थालेका छन् । यसबाट किशोरी, युवती र महिलाहरुमा दिर्घकालिन बाँझोपनको खतरा देखिएको छ । 

मोटो रकमको आशमा गर्भपतन सेवा प्रदायक अवैध रुपमा खोलिएका संस्थाहरुले पनि किशोरी, युवती र महिलाहरु समेतलाई यस तर्फ सजग गराएको पाइँदैन । त्यस कारण पनि यो समस्या झनै विकराल बन्दै गएको चिकित्सकहरु बताउँछन् । 

औषधि पसलबाट गर्भनिरोधका साधन किनेर किशोर–किशोरी र युवक युवतीले तत्कालिन समस्या त  रोकथाम गर्छन्, तर भविष्यमा आईपर्न सक्ने असरबारे उनीहरु अनविज्ञ अथवा बेखवर छन् ।  परिवार नियोजनको प्रयोग गर्ने  देशभरको  तथ्याङक केलाउने हो भने अधिकांस २५ वर्षमुनिका युवतीहरुले परिवार नियोजनको अस्थायी साधनको रुपामा डिपो सूई प्रयोग गर्दछन् ।

कण्डम बाहेकका अस्थायी साधनहरु अविवाहित महिलाहरुका लागि घातक हुने चिकित्सकहरु बताउँदछन् । त्यसमाथी बच्चा नजन्माएका किशोरी तथा युवतीहरुले डिपो प्रयोग गर्नु झनै जोखिमपूर्ण हुने उनको राय छ । त्यसमाथि यौन सम्बन्ध भन्दा अघि र कम उमेरमै डिपो लगाए बाँझोपनको खतरा हुने उनीहरुको तर्क छ  ।  चिकित्सकका अनुसार पिल्स चक्की पनि नखाँदा हुन्छ । उनीहरुको भनाईमा परिवार नियोजनको सवै भन्दा उत्तम साधन भनेको कण्डम नै हो ।

कण्डमको प्रयोगबाट स्वास्थ्यमा कुनै असर नपुर्याए पनि किशोरावस्थामै यौन सम्बन्ध राख्न थाल्नु जायज होइन । हर्मनयुक्त चक्कीहरुको प्रयोगले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने, अत्यधिक रक्तस्राव हुने, महिनावारी नियमित नहुने मात्र होइन दिर्धकालीन बाँझोपन निम्तन सक्ने खतरा रहन्छ । त्यसकारण सकेसम्म यसको प्रयोग नगर्दा राम्रो हुने उनीहरुको राय छ । 

उमेर नपुगी यौन सम्पर्क गर्नु पनि हानीकारक हुने भएकाले चिकित्सकहरु यसबाट परै रहन र सम्बन्धलाई त्यो रुपमा उपयोग नगर्न चेतावनी दिन्छन् । किशोर–किशोरीले ज्ञानको अभावमा हानीकारक औषधिहरु प्रयोग गर्ने गरेकाले उनीहरुको स्वास्थ्यमा असर पुगिरहेको  र किशोरावस्थामै यस्तो सम्बन्धको दलदलमा उनीहरु फस्न थालेको चिकित्सकहरु बताउँछन् ।   

गर्भनिरोधका साधन र यसको प्रयोगबारे पर्याप्त जानकारी नहुँदा अविवाहित किशोर–किशोरीहरु समस्यामा पर्ने गरेपनि विवाहित भने आवश्यकताभन्दा बढी जान्ने हुँदा अप्ठ्यारोमा पर्ने गरेको चिकित्सकहरु अनुभव छ ।  

विश्वभर प्रजनन् उमेरका अनुमानित ११ दशमलव २ प्रतिशत महिला परिवार नियोजनका साधनको पहुँचमा छैनन् । हरेक वर्ष विश्वभर ८ करोड महिला विना साधनको प्रयोगले नै गर्भवती हुने गरेका छन् । हरेक दिन ७ सय ८५ महिलाको गर्भावस्थामा जटिलता हुने वा सुत्केरी हुने बेला ज्यान जाने गरेको छ । यस्तै, हरेक वर्ष ३४ करोड मानिसमा यौनरोग लाग्ने गरेको छ । नेपाल सरकारले परिवार नियोजनका आधुनिक साधनको प्रयोग बढाउन मात्रै वार्षिक १५ करोडभन्दा बढी रकम खर्चदै आएको भएता पनि समाजमा यसको उपयोग र तत्पश्चात आउने समस्याहरुका बारेमा अभिमुखिकरण गर्न सकेको छैन । 

यसका अतिरिक्त किशोर किशोरीको प्रजनन् स्वास्थ्यका बारेमा ख्याल राख्ने, उमेर नपुग्दै हुने यौन सम्बन्धलाई न्यूनिकरण गर्ने तर्फ प्रभावकारी योजना तर्जुमा गर्न सकेको छैन । यस तर्फ किशोर किशोरी, अभिभावक र सरकार तथा सरोकारवालाहरुले समयमै ध्यान नपुर्याउने हो भने यो समस्याको जरा झ्न झांगिने निश्चित प्रायः छ ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment