Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

‘ह्वाइट रोज’



By  Unknown     11:44 PM    Labels: 
-रामनाथ खनाल
(प्रेम, रोमान्स र वियोगको कथा)



 ‘ओहो ! रेबु तिमी यहाँ ?’

काम विशेषले चक्रपथ पुगेको म एकछिन टोल्हाउन शंखपार्क उद्यान के पस्न लागेको थिएँ, छेऊमै उभिएकी एक अपरीचित लाग्ने युवतीले म तिर गौर गरी । शिर देखि पाउ सम्म नियालीसकेपछि पुरापुर चिनजानको भाषामा आश्चर्य मान्दै प्रश्न हुत्याई ।

‘हो म यहाँ । तर तपाईँलाई चिन्न सकिन नि ?’ अलमलमा पर्दै सोधेँ । 

‘ल ! मलाई चिनेनौ ?’ उसले झन् आश्चर्य  व्यक्त गरी । 

‘हुन त  तिमी केटा मानिसहरु राम्री केटी, राम्री स्वास्नी पाएपछि सवै थोक विर्सिहाल्छौ नि ।’ उसले एकै पटक सवै शव्द बाण प्रहार गरी ।

यस पटक पनि म चिनजानको नजिक पुग्न सकेको थिइनँ । चिन्दिन भनुँ, अर्को शव्द बाँण  व्यहोर्नुपर्ने चिन्ता, चिने भनौँ को हो छुट्याउन सकिनँ । अझै अलमलमा थिएँ म । 

‘के क्वारक्वार्ती हेरी रा ? जाउँ हिड पार्क भित्र, उतै गएर सवै कुरा गरौँला  ।’  उसले हातै तानेर भित्र लागि । 
‘रेवु तिमी साँच्चिकै बदलिएछौँ ।’ उसले कोट्याउन थाली । ‘यसरी बदलिएछौँ कि तिमीले विगतका स्मृतिका पानाहरुलाई एकमुष्ट च्यातेर फालिदिएछौ । छुट्टै वर्तमान निर्माण गरेछौँ, सायद तिम्रो यो संसारमा हामी अटाउदैनौँ  होला ।’ ऊ झन् अघि बढी । धाराप्रवाह बोलीरही ।

मेरो मथिङ्गलमा उसका शव्द, लवज फनफनी घुम्न थाल्यो र यसपटक भनेँ म चिनजानको नजिक पुगेँ । 
‘ए ! तिमी अस्मिता होइनौँ ।’

‘तिमी पनि त बदलिएछौँ नि ।’ अव म भने म विश्वस्त भै सकेको थिएँ, ऊ अस्मितानै हो भनेर ।

‘बल्ल चिन्यौ मलाई, मलाई चिनाउन पनि यति भूमिका बाँध्न पर्यो ।’ आँखी भौँ खुम्च्याउँदै नाक गालामा पुर्याई र जवाफ फर्काइ । यसबाट म झन् प्रष्ट भएँ । 

सलक्क परेको जिऊडाल, आँखी भौँ पनि मिलाएर चिटिक्क पारी छ, उसलाई  सुहाउने रातो सर्ट, अनि टिपिक्क पिडुँलामा टाँसिएको पाइन्टले उसको रुप र यौवनतालाई झनै निखार ल्याइरहेको थियो । 

पुष्ट नितम्व, चौँडा छाती र सलक्क मिलेको कपाल, वेलावेलामा ओठ फट्याएर देखाउने लहरै मिलेको दन्त लहरले पहिलेझैँ अहिले पनि उसको सुन्दरतामा कुनै कमि आएको देखिँदैनथ्यो । यसपटक मलाई ऊ साँचिकै पूर्ण लागेकी थिई । 

उसको यौवनताको माधूर्यले  धेरै पछि मलाई मदहोसी बनायो । 

विस्तारै तन्द्राबाट विउँझिएर सोधेँ, ‘साँचि अस्मु के गर्दै छौ आजकाल तिमी ?’

‘उही जिऊ पाल्ने मेसो, सानो तिनो जागिर गर्दैछु ।’ अनुहार मुजा पारेर बोली ।

‘अनी तिमी नि ?’ उसले म तिर प्रश्न फाली ।

‘म त केही गर्दिन अस्मु, खासै केही छैन त्यस्तै सामान्य काममा अल्झिएको छु, जीवन निर्बाह गर्ने बाटो ।’ वेली विस्तार लगाउनु उचित ठानिन, सामान्य जवाफमा टार्ने कोशिस गरेँ ।

‘कलेजमा त तिमी पढाईमा चम्मु थियौ, पढाई कहाँ पुर्यायौ त ?’ उसले पुरै खोतल्न थाली ।

‘मास्टर्स सकेँ,  बाहिर जाने प्रयत्नमा छु ।’ यस पटक पनि औपचारिकता मात्र पुरा गरेँ ।

वर्षौ पछि उनको सामिप्तामा पुगेको थिएँ । मन बेचैन थियो, नहोस् पनि कसरी, धक फुकाएर बोल्न मन लागेको थिएन । पार्कमा मान्छेहरु आ–आफ्नै धुनमा थिए । त्यहाँ अरु युगल जोडीहरु पनि  थिए । सायद तिनैहरु आफ्नै संसारमा मस्त थिए । चरचुरुङ्गीहरु पनि आफ्नै लयमा बाताबरणमा धुन मिसाइरहेका थिए ।  अनायसै पार्क अघिल्तिर टोल्हाएकोमा मलाई पश्चाताप लाग्यो । पार्क अघिल्तिर नउभिएको भए उसलाई त भेट्न पर्दैनथ्यो । यस्तै सोच्दै थिएँ । 

ऊ वर्षौ पछि उर्लिएको खहरे झैँ गडगडाएर बग्न भयातुर देखिन्थी । चञ्चले र जिज्ञाँसु बन्दै बचपना देखाएर मेरो बारेमा लगातार बुझ्ने कोशिस गरिहेकी थिई । मानौ वषौँदेखी उ मेरो बारेमा खोज अन्वेषण गर्दै थिई । 
‘के तिमीले अझै विर्सिका छैनौ त्यो घटनालाई ?’ उसले खाटा बसेर स्मृतिको चाङमा थन्किएको घाऊ उदिन्न थाली ।
‘हेर छाडिदेऊ त्यो सव, केही कमजोरी तिम्रा पनि थिए, केही मेरा पनि थिए, अव त्यसैलाई सम्झिएर बस्ने हो भने नयाँ बाटो कसरी बन्छ ?’ उसले सम्झाउने प्रयत्न गरी ।

म चुपचाप थिएँ, सायद म रित्तिसकेको थिएँ । पीडा, बेदना र दुःखले आहात मलाई उसका क्षणिक र सामान्य शव्दले कहाँ  राहत महसुस गथ्र्यो र  । 

मसँग व्यथाका पाहाड छन् । दुःख र बेदनाका सागर छन् । ति तरेर म कहाँ  खुसिको संसार पुग्न सक्छु र । मेरो मथिङ्गलमा  यिनै कुराहरु घुमिरहेको थियो  । र त मलाई उसका शव्दले खासै प्रभाव पार्न सकेन ।

‘रेवु मलाई थाहा छ, तिमी मेरो कारणले धेरै दुःखी छौँ, तर यसबीचमा मैले धेरै कुरा रियलाईज गरेकी छु । मेरो जीवनमा तिम्रो कमि भएको थियो त्यसकारण मैले कुनै नयाँ बाटो भेटिन र खोज्न पनि चाहिन ।’ उसले नजिकै आएर मायालू पारामा भनी । 

विस्तारै भावनामा बग्न थाली । तर पनि मलाई उसका करुणा मिसिएका धोद्रो श्वरले पगाल्न सकेको थिएन । विगतको उसको व्यवहारले मेरो मन अमिल्लिन छोडेको थिएन । 

‘हो रेवु त्यतीवेला म काँचो थिएँ । मैले  प्रेम प्राप्ति हो मात्र ठान्दथेँ । समर्पणको भाव ममा थिएन । त्याग, समर्पण र प्राप्तिको तिमूर्ती प्रेम भगवान होइन मेरा लागि ख्याल ख्यालैको विषय बनेको थियो । मैले बुझेको संसार र बास्तविक संसार जमिन–आसमानको फरक रहेछ, त्यो आज बुझ्दैछु ।’ उसले भावुक हुँदै भनी । 
‘त्यसो भए मैले के गर्नु पर्यो ?’ म अधर्य भएँ । धेरै मौनता साँध्नु मेरो लागि जायज थिएन । उसले धेरै बोलेपछि त्यसको जवाफ दिनु मेरो अर्को बाध्यता थियो । 

‘तिमी रिसाएका छौ मलाई थाहा छ । तर मलाई यो पनि थाहा छ तिमी महान छौ । धेरै दिन देखि यही समयको प्रतिक्षारत थिएँ । हुन सक्छ मेरो पुकार भगवानले सुनी दिनुभएको छ । त्यसकारण म तिमीसँग यो स्वर्णीम क्षण तिम्रो हृदयको कुनाको थोरै ‘स्पेस’ खोजेकी छु ।’ उ झन भावनामा नदी जस्तै सलल बगी र मेरो छेऊमा आएर रोकिइ ।

‘म यस्ता नौटंकी कुरामा विश्वास गर्दिन, मैले चिनेको र अनुभव गरेको अस्मी अव मेरो मानसपटलमा दोहोर्याएर प्रवेश गर्न सक्तिन, सुन्यौ तिमीले । अव म जाउँ ?’ म पन्छिन खोजेँ

यो शव्दले उसलाई निकै घोचेछ, आँखाबाट आँशु चुहाउँदै उसले थपी, ‘ रेवु तिमी मेरो कारणले यति दुःखी छौ भन्ने ठानेको भए, मैले प्रायश्चित गर्थेँ होला, तर मलाई थाहा छ तिमीले पनि मलाई विर्सन सकेका छैनौँ र अझै मनका कुन्तरमा मेरा लागि ठाउँ सुरक्षित गरेका छौ ।’ उ भक्कानिइ । 

‘हुन सक्तैन यो, समय निकै अघि बढी सक्यो, तिमीले जहाँ मलाई छोड्यौ त्यहाँबाट म निकै अघि बढी सकेँ । त्यो क्षण मलाई संसारकै नामर्द पुरुषको उपमा भिराएकी थियौ र  शहरको  गल्लीमा डुल्ने कुकुर बनाइदिएकी थियौ । त्यही दिन देखि म तिम्रो लायक रहिन र हुन  सकिन । राम्रोसँग बुझ्यौ हैन तिमीले ।’ मैले भए भरको बोलिदिएँ ।

अहिले भने उसको आँखामा समुद्र उर्लिसकेका थिए । रुमालको फेरले आँखाको कोष पुछ्दै मधुरो आवाजमा बोली, ‘हो मबाट गल्ति भएकै हो, यसमा मलाई पश्चाताप छ, आवेगमा आएर त्यो दिन मैले जुन व्यवहार गरेँ त्यो प्रायश्चित गर्न चाहन्छु । मलाई माफ गर । ’ ऊ एकै श्वासमा बोली ।

‘ठिक छ, उसो भए म के गरु ?’ ‘मलाई मायाँ गर ।’ उसको मुहारमा रुमानी प्रेम झल्कियो । अनायसै मुहार धम्प बलेर आयो । अनुहारमा कान्ति छायो । आँखामा पुनः समुद्र भरियो । सायद हश्राँशु हुनपर्दछ । 
‘आँखा चिम्लिएर हात फिँजाउ त रेवु ।’ उ अनायसै मात्तिई ।

‘ल !’ मैले पनि उसै गरिदिएँ ।

‘आँखा खोल त अव ।’

उसले हातमा भर्खर फक्रिएका ‘सुन्दर ह्वाईट’ रोज थमार्ई । सुन्यौ रेवु यो मेरो विश्वासको गुलाव हो जसलाई म कहिल्यै ओइलाउन दिने छैन । उ पुलकित भई र मायालु पारामा फुत्त मुस्कान छोडिदिई म भए तिर । हातमा थमाएको ‘ह्वाइट रोज’ले उसको विश्वासको प्रेम अभिव्यक्त गर्यो गरेन तर मेरो हृदयमा प्रेमधारा निश्चल भएर बगन थाल्यो शरिरको कुनाकुनामा । उनी विस्तारै अघि बढिन्, मेरो हात चुमिन् र भनिन् ‘आई लभ यू रेवु वन्स मोर ।’

यो भन्दा दृष्य अघि बढ्न पाएन । 

कस्तो ऐठन । 

मध्यरातमा उसको र मेरो रुमानी प्रेमको सुश्वप्नले निद्रा विथोलियो । 

दृष्यमा कैँची लाग्यो वषौँ अघि मेटिएका विपनाहरु चलिचित्र झैँ मथिङ्गलमा घुम्न थालेँ मल्टिप्लेक्सका पर्दाहरुमा क्रमशः तर यसको के अर्थ त्यो कथाको त वियोगान्त अन्त्य भैसकेको थियो । छ । अस्तु


About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment