-रामनाथ खनाल
काठमाडौँ चावहिल कि श्रुती शाही स्कूलमा पढ्दा पढ्दै एक्कासी वेहोस् भइन् । सकुशल घरबाट स्कूल गएकी उनी कक्षाकोठामा शिक्षकले पढाउँदा पढाउँदै वेञ्चबाट जमिनमा ढल्न पुगेकी थिइन् । अभिभावक र शिक्षकको मद्दतमा उनलाई तत्काल उचारका लागि नजिकैको अस्पताल पुर्याइयो । चिकित्सकले जति प्रयत्न गरेपनि रोग पत्ता लगाउन सकेन् । परिवारका सदस्यहरुले थुप्रै अस्पताल चहारे पनि उनको रोग पत्ता लागेन । त्यस अघि उनलाई कहिल्यै त्यस्तो नभएकाले परिवारका सदस्यहरु पनि अप्ठ्यारोमा परे । उनलाई निरन्तर त्यही रोगले गाँज्न थाल्यो ।
साता दिन विराएर अचेत हुने र जहाँ पायो त्यही ढल्ने हुँदा उनलाई घरमै परिवारको निगरानीमा राखियो । कयौँ अस्पताल चहार्दा समेत रोग पत्ता नलागे पछि अन्त्यमा परिवारका सदस्यहरु धामीझाँक्रीको सहारामा पुगे । राजधानीमै २० वर्ष देखि झारफुक गर्दै आएका धामीले उनलाई उनीहरु बसेको घरको प्रेतात्माले दुःख दिएको बताएर झार फुकले ठिक पारिदिने बताए । तत्पश्चात उनलाई त्यो व्यथामा केही कमी आएको परिवारको दावी छ । अहिले उनीहरु नियमित त्यही धामीकहाँ उपचारका लागि जान्छन् । ‘आधुनिक युग भनेर के गर्नु कहीँ निको नभएको र विशेक नभएको रोग यहाँ आए पछि चट्टै हुन्छ’ उनकी आमा शान्ति शाहीले भनिन् ।
राजधानी कै गोठाटारका अर्का हरीष न्यौपानेलाई पनि त्यस्तै भयो । वेलुका खाना खाएर सुतेका उनी विहान ओच्छ्यानबाट उठ्नै सकेनन् । कम्मर मुनिको भाग चलाउनै नसक्ने गरी हाफ् ‘‘प्यारालाईसिस्’ भयो । लाउँलाउँ खाउँखाउँका उनी पनि उचारका लागि अस्पताल त भर्ना भए तर चिकित्सकले उनको पनि पक्षघातको कारण पत्ता लगाउन सकेनन् । कयौं औषधि उपचार गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार नआए पछि उनको परिवार पनि बाध्य भएर धामीभाँक्री कै शरणमा पुग्यो । धामीले पनि उनको अवस्थामा सुधार त ल्याउन सकेनन् तर पनि अहिले केही ठिक भएको दावी परिवारको छ ।
पूर्वीय संस्कृतिको नराम्रो पक्ष भनेकै अन्धविश्वास हो । यही अन्धविश्वासका कारण समाजमा विभिन्न घटनाहरु घटिरहेका छन् । बोक्सीका नाममा महिलामाथि हुने जघन्य अपराध होस् या विभिन्न प्रथा र संस्कारका नाममा दिइने यातना नेपाली समाजमा विद्यमान छ । तर यो विकरा रुपमा जरा गाडेर बसेको कुरीति भनेको उपचारमा धामी झाँक्री माथिको निर्भरता हो । ग्रामिण क्षेत्रमा पुरातन उपचार पद्धतीका रुपमा विकास भएको यो परम्पराले आजको विज्ञान र प्रविधिले फड्को मारेको युगमा समेत उत्तिकै प्रश्रय पाइरहेको छ ।
शरिरमा केही विसन्चो भयो कि पहिला धामीझाँक्रीकोमा पुग्ने घटना गाउँघरतिरका लागि त नौलो कुरा होइन । तर शहर बजारमा समेत यो परम्परा छ । शहर बजारका मुख्य चोक तथा गल्लीहरुमा आजभोली यसको व्यापार निक्कै फस्टाएको छ । आफू कहाँ दिनकै सयको संख्यामा फुक्न आउन बताउँछन् काभ्रे स्थायी घर भई हाल काठमाडौँको बानेश्वरमा झारफुक व्यवसाय गर्दै आएका हर्कमान तामाङ । आफूलाई बनझाँक्रीको चेला बताउने उनले विशेष गरेर हराएका तथा चोरी भएका धनमाल पत्ता लगाउने दावी गर्दछन् ।

सामान्य चोरीका घटना देखी ठूल्ठुला धनमाल हराएकाहरु आफूकहाँ आउने बताउने उनले धेरै पत्तालगाएर फिर्ता समेत गर्न लगाएको बताउँछन् । चोरीमा संलग्न भएको मानिसलाई हातमानै देखाइ दिन सक्ने क्षमता भएको दावी गर्ने उनले हाल सुरक्षा सम्वेदनशीलताका कारण उसकोे हुलीया मात्रै बताइदिने गर्छन् रे ।
त्यस्तै काठमाडौँको जोरपाटीमा यस्तै झारफूक पेशा व्यवसाय गर्दै आएका बच्चुप्रसाद पुडासैनी पनि आफूकहाँ विभिन्न किसिमका विरामीहरु झारफुकका लागि आउने गरेको बताए । विशेष गरेर दिर्घ रोगीहरु, महिनावारीमा समस्या देखिएकाहरु गानो गोला, तथा जोखाना हेर्नका लागि उनीकहाँ भीड लाग्ने गर्दछ । ‘मेरो नियमित ग्राहकहरु पनि छन्’ उनले भने ‘कोही नयाँ पनि आउनु हुन्छ एकचोटी आएको मान्छे दोहोर्याएर आएकै छ ।’
झारफूक पेशा व्यवसाय गर्ने पुरुषहरु मात्र छैनन् यसमा महिलाको पनि उत्तिकै संलग्नता रहेको पाइन्छ । जोखाना हेर्ने , भविष्यबाणी गर्ने, पेशा व्यवसायका बारेमा बताईदिने देखि जटिल रोगका शारिरिक र मानसिक समेत रोगको उपचार गरिदिने दावी गर्ने उनीहरुकहाँ उपचार गराउन जानेको ताँती नै लाग्दछ ।
आधुनिक चिकित्सा विज्ञानले जतिनै चमत्कार गरे पनि अन्धविश्वासका कारणबाट रोगको उपचारका लागि धामीझाँक्रिको भर पर्नेहरुको कमी आएको छैन । त्यसो त यहाँ उपचार गर्न जानेहरु मध्ये केही मनोवैज्ञानिक हिसावले सन्चो भए जस्तो देखिने कारणले पनि अन्यलाई सो भ्रम उत्पन्न भएको मनोकचिकित्सकहरु बनाउँछन् ।
त्यस्तो झारफूक गर्दा मनोवैज्ञानिक रुपमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धिहुने हुँदा सामान्य दुखाइ ठिक भएता पनि ठूला तथा गम्भीर प्रकृतिका रोगको निदानका लागि धामी झाँक्री र झारफूकमा विश्वास राख्नु भनेको मृत्यु निम्त्याउनु भएको उनीहरुको ठहर छ ।
यसरी धामी झाँक्रीको विश्वासमा उपचार गराउन जाने ग्रामिण भेगमा, अशिक्षितहरु मात्र होइन, शहरी क्षेत्रका माथिल्लो स्तरका तथा स्वास्थ्यमा सेवामा सहज पहुँच भएकाहरु पनि छन् त्यसकारण पनि समाजमा अज्ञानता वा शिक्षाको कमीले मात्र मानिसहरु अन्धविश्वासको पछाडी कुदिरहेको तर्क गर्न सकिँदैन ।
समाजमा यस्ता परम्परा वा उपचार पद्धति रहि रहनुको पछाडीको कारण भनेको संस्कार नै रहेको मनोविश्लेषक रमा कार्की बताउँछिन् । ‘यस्तो परम्परा भनेको व्यक्तिको स्ट्रङ्ग सोचाईको कारणले बस्छ’ उनले भनिन् ‘त्यसकारण समाजबाट यसलाई तत्काल हटाउन सम्भवानै छैन ।’
कतिपय मानिसहरु परिवारका दवावले पनि त्यस्ता उपचार पद्धतिमा विश्वास राख्न बाध्य भएको उनको अनुभव छ । उनीहरुले आफूमाथि अन्याय हुँदा पनि सहन्छन्, ‘उपचारका नाममा कतिलाई तातो पन्युले डाम्ने, खोर्सानीको धुवा लगाउने, पानीमा चोपेर सिस्नो समेत लगाएका छनु, त्यस्तो सम्म सहेको हामीले पाएका छौँ’ उनले भनिन् ।
उपचारका लागि धामी झाँक्री माथि भर पर्दा समाजमा बलात्कार, महिला हिँसा लगायत अनेकन समस्याहरु पैदा भएको दृष्टान्तहरु भएको बताउँदै समाजबाट यसलाई तत्काल हटाउन नसकिने उनको अनुभव छ । बोक्सीसँग जोडिएर हुने अधिकांस घटनाहरुमा धामी झाँक्री जोडिने गर्दछन् । समाजमा धामीझाँक्री वा पुजारी र ज्योतिषलाई दह्रो विश्वास गर्ने गरेका कारण उनीहरुले बताएका जस्तो कुराहरु गर्न मानिसहरु तत्पर हुन्छन् । जसले गर्दा पनि समाजमा गम्भीर प्रकारका घटनाहरु घट्ने गर्दछन् ।
यस्ता घटना न्युनिकरणका लागि समाज आफैँ सचेत हुनुपर्ने तर्क उनको छ । ‘व्यक्तिको प्रयासले मात्र पुग्दैन यसका लागि समाज र राज्य उत्तिकै सचेत हुनु पर्दछ उनले भनिन् ।’
No comments:
Post a Comment