कहिलेकाँही
प्रकृति पनि कति निर्दयी बनिदिन्छे ?
न सुनी दिन्छे श्रीमतीको पुकार
न रोकिन्छे श्रीमानको याचनाले नै
चुँडाउन सक्छे लालावालालाई
मातृ /पितृवात्सल्यबाट
र
टाढा बनाइ दिन्छे एकाएक
प्रकृति पनि कति निर्दयी बनिदिन्छे ?
न सुनी दिन्छे श्रीमतीको पुकार
न रोकिन्छे श्रीमानको याचनाले नै
चुँडाउन सक्छे लालावालालाई
मातृ /पितृवात्सल्यबाट
र
टाढा बनाइ दिन्छे एकाएक
ठिक त्यसै
मेरो जुरे
आज
मातृत्व लुटिएको
पितृत्व खोसिएको
कयौँ आमाको कोख रित्तिएको
भाउजुहरुको सिन्दुर पुछिएको
अनि धेरैको आलिंगन टुटेर
बनेको छ उराठ लाग्दो बगर
र बगिरहेको छ आँशु
सुनकोशी भन्दा
ठूलो भेल बनेर
मेरो जुरे
आज
मातृत्व लुटिएको
पितृत्व खोसिएको
कयौँ आमाको कोख रित्तिएको
भाउजुहरुको सिन्दुर पुछिएको
अनि धेरैको आलिंगन टुटेर
बनेको छ उराठ लाग्दो बगर
र बगिरहेको छ आँशु
सुनकोशी भन्दा
ठूलो भेल बनेर
तर दुखेन यो
जुम्सो सरकारलाई
हजारौँ लासहरुमाथी टेकेर
रजाइँ गर्न पल्किएका
मथिङ्गलमा
भ्रष्टाचार, खुसखोरी र अपराधतन्त्रको
आगो सल्किएकाहरुलाई
नाथे दुईचारसय जना
इटनी भिरसँगै बग्दा
जुरेको पहाडसँगै पुरिँदा
कहाँ दुख्थ्यो र ?
जुम्सो सरकारलाई
हजारौँ लासहरुमाथी टेकेर
रजाइँ गर्न पल्किएका
मथिङ्गलमा
भ्रष्टाचार, खुसखोरी र अपराधतन्त्रको
आगो सल्किएकाहरुलाई
नाथे दुईचारसय जना
इटनी भिरसँगै बग्दा
जुरेको पहाडसँगै पुरिँदा
कहाँ दुख्थ्यो र ?
अहँ दुखेन
दुख्दै दुखेन जुरे
दुखेन त्यहाँका कहिल्यै खाटा नवस्ने घाउ
र
हाम्रै सिन्धुपाल्चोकको
आङ चुसेर हुर्किएका
यि जुकाहरुलाई
दुख्ने छैन कहिल्यै
हाम्रा व्यथाका पहाडहरु
दुख्दै दुखेन जुरे
दुखेन त्यहाँका कहिल्यै खाटा नवस्ने घाउ
र
हाम्रै सिन्धुपाल्चोकको
आङ चुसेर हुर्किएका
यि जुकाहरुलाई
दुख्ने छैन कहिल्यै
हाम्रा व्यथाका पहाडहरु
पहिरोमा पुरिएर
सहारा गुमाएका वेसाहाराहरुको
साहारा यो राज्य बन्ने छैन
सुनकोशी थुनिएर बनेको ताल
बगाउन नसक्नेले
त्यो भन्दा ठूलो
वेदना र आँशुको तलाऊ
कुन राहत प्यकेजले सुकाउला र ?
सहारा गुमाएका वेसाहाराहरुको
साहारा यो राज्य बन्ने छैन
सुनकोशी थुनिएर बनेको ताल
बगाउन नसक्नेले
त्यो भन्दा ठूलो
वेदना र आँशुको तलाऊ
कुन राहत प्यकेजले सुकाउला र ?
सोध्छ सिन्धुपाल्चोकले एक दिन
खोज्छ आफ्नो हिस्सा यो देश सँग
हामीले पहरो फुटाएर
पोसेको यो राज्यसँग
हामी खोज्छौँ हाम्रो हिसाव
कि हाम्रो आगँनको तातोपानी भन्सार
हाम्रै आङभएर बग्ने
मेलम्चीको पानीको हिस्सा
हामीले माग्न/खोज्न मिल्छ कि मिल्दैन ?
खोज्छ आफ्नो हिस्सा यो देश सँग
हामीले पहरो फुटाएर
पोसेको यो राज्यसँग
हामी खोज्छौँ हाम्रो हिसाव
कि हाम्रो आगँनको तातोपानी भन्सार
हाम्रै आङभएर बग्ने
मेलम्चीको पानीको हिस्सा
हामीले माग्न/खोज्न मिल्छ कि मिल्दैन ?
-रामनाथ खनाल
No comments:
Post a Comment