भाद्र ७ गते शनिबार एकाविहानै राजधानीको टुंडिखेलमा मान्छेको घुईंचो लाग्यो । अरुबेला यहाँ ‘मनिर्ङ वाक’ र खेल खेल्नेहरुको चहलपहल हुन्थ्यो ।
शनिबार भने अर्कै उत्साह र उमंग थियो–हजारौं मान्छे जम्मा हुने र राष्ट्रिय झण्डाको आकारमा उभिएर विश्व रेकर्ड बनाउने । सबैको मन मिलेपछि नहुने कुरै थिएन ।
३५ हजारभन्दा धेरै मान्छेको तन र मन दुवै मिलेपछि टुंडिखेलमा राष्ट्रिय झण्डाको विशाल आकार बन्यो । आयोजक ‘शान्ति र समृद्धिको लागि मानव मूल्य’ नामक संस्थाका अनुसार धेरै मान्छे एकै ठाउँमा उभिएर राष्ट्रिय झण्डाको आकार बनेको यो विश्वमै पहिलोपटक हो । यसअघि पाकिस्तानले झण्डै २९ हजार मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड बनाएको थियो । यो रेकर्ड अब तोडिएको र गिनिज बुकमा नेपाली झण्डाले विश्व रेकर्ड कायम गरेको उल्लेख हुने आयोजकले जनाएको छ ।
विश्व कीतिर्मानका लागि विभिन्न कोणबाट हेलिकोप्टरबाट खिचिएको भिडियो गिनिज बुक अफ वल्र्ड रेकर्डस् कार्यालयमा पठाइनेछ । कार्यालयले दुई महिनासम्म भिडियोको निरीक्षण गर्नेछ । त्यसपछि विश्व कीतिर्मानको प्रमाण मिल्ने आयोजकको भनाई छ ।
३५ हजारभन्दा धेरै मान्छेलाई एकै समयमा एकै ठाउँमा जम्मा पार्नु चानचुने कुरा थिएन । तर आफ्नो सहभागितामा राष्ट्रिय झण्डाको आकार बन्ने र विश्व रेकर्ड पनि कायम हुने थाहा भएपछि धेरैजनालाई कार्यक्रममा सहभागी हुन उत्साह जगायो ।
आयोजक संस्थाका अनुसार कार्यक्रममा सहभागिताको लागि धेरैले आग्रह गरेपनि ठाउँ सीमित भएकाले सबैलाई सहभागी गराउन सकिएन । टुंडिखेलको भव्य कार्यक्रममा युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेल लगायत बिभिन्न दलका नेता, समाजसेवी, कलाकार, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सहभागी हुन चाहनेका लागि दुई महिना अघिदेखि दर्ता अभियान थालिएको थियो । कार्यक्रममा उपस्थित सबैले ‘नेपाली जो जहाँ जसरी भएपनि चन्द्र सूर्य अंकित झण्डामुनि एक हौं’ भन्ने भावना व्यक्त गरेका थिए ।
धेरै मान्छेलाई झण्डा जस्तै गरी उभ्याउन त्यसै अनुसारको रंग र आकार पनि मिलाउनुप¥यो । त्यसैले इञ्जिनियरिङ पढ्ने विद्यार्थीले पहिल्यै यसको योजना बनाएका थिए । मान्छेलाई कुन ठाउँमा कसरी उभ्याउँदा झण्डाजस्तो देखिन्छ भनेर पूर्व योजना बनाएपछि मात्र कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
आकारसँगै राष्ट्रिय झण्डाको तीन रंग पनि महत्वपूर्ण मानिन्छ । त्यसैले सहभागीहरुलाई रातो, निलो र सेतो रंगको प्लेकार्ड बोक्न लगाइएको थियो । सबैभन्दा बाहिर किनारमा बसेकाले टाउकोमाथि निलो प्लेकार्ड राखे । त्यसपछि बीचमा रहेका धेरैले रातो प्लेकार्ड राखे भने चन्द्र र सूर्य अंकित ठाउँमा उभिएकाले सेतो रंगको प्लेकार्ड टाउकोमाथि राखे ।
हजारौं मान्छे निश्चित आकार र रंगमा उभिएपछि टाढाबाट हेर्दा विशाल राष्ट्रिय झण्डा देखियो । यो दृश्य हेलिकोप्टरबाट खिचिएको थियो ।
यस्तो देखियो मानव निर्मित राष्ट्रिय झण्डा
No comments:
Post a Comment