Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

बलात्कारीलाई झुन्ड्याऊ



By  Unknown     5:17 AM    Labels: 
-रामनाथ खनाल

जलाई देऊ
तिम्रा कानूनहरु
जो अन्याय हेर्छ
देख्दैन
असत्य देख्छ
बोल्दैन

तिम्रा कानूनका
लामा हरफहरुले
हाम्रा चेलीहरु
लुटिन रोकिएन
बर्बरता छेकिएन
अनि जोगाउन सकिएन
आफ्नै बाउबाट
एयटा अवोध छोरी

तिम्रा दृष्टिहिन् कानूनले
हरपल हरक्षण
हाम्रा छोरीहरु
बलात्कृत हुँदैछन्

असुरक्षित छन्
आफ्नै घरको
छानामुनी


लाखौँ चेलीहरु
अस्मिताको
गुहार मागिरहँदा
नरपिचासहरुबाट लुटिएर
तिम्रा दैलाहरुमा
न्यायको भिख माग्दै
ढक्कक्याइरहँदा
तिमीहरु किन मस्त निद्रामा ?

किन सक्दैनौ ?
बलात्कारीहरुलाई
चौबाटोमा टाङ्न/झुन्ड्याउन
हजारौँ भाउजु वुहारी लुटिँदा
किन अत्याचारीलाई
सुक्र्याउन/पासो लगाउन

ठोक्न सक्दैनौ
पापिष्टहरुको
छातीमा गोली


के मरिहरहुन्
हाम्रा छोरी/चेली
भाउजु/बुहारी
यसरीनै
लुटिएर/चिथरिएर ?

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment