Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

यौनहिंसामा परेकाहरुको जीवन सुधार्दै मेनुका



By  Unknown     3:14 AM    Labels: 
‘यौन’ का सवालमा ज्यादै संकिर्ण सोच बोकेको हाम्रो समाजमा यौनजन्य विषयमा काम गर्नु भनेको ठुलो जोखिमसंग खेल्नु हो । झन त्यसमाथि यौनजन्य हिंसा पीडितको लागि सुरक्षा कवच बनिदिनु भनेको त फलामको चिउरा चपाएजस्तै हो । यस्तै जोखिमसँग खेल्दै छिन्  रक्षा नेपालकी अध्यक्ष मेनुका थापा 



किन बन्दैछिन् उनी वेघरबार एवम् यौन कर्ममा लागेका महिलाहरुको साहारा ?

नेपाली समाजमा उठान हुनुपर्ने सवाल र समाधान गरिनुपर्ने समस्याहरु थुप्रै भएपनि हरेक सवाल माथि राजनीतिकरण हाति हुनाले एकातिर न्याय नपाएका मान्छेहरु आन्दोलित हुनु परेको छ भने अर्कातिर यसैबाट उत्पन्न बढ्दो नैराश्यताले आत्महत्या गरिरहेकाछन् । तर यहा“ एउटा त्यस्तो वर्ग छ, जुन वर्ग न त आत्महत्या गर्नसक्छ न त आफूलाई परेको पिडामाथि आन्दोलन गर्न सक्छ ।  त्यो हो बाध्यताले आफ्नो शरिर बेचेर ९यौनपेशा० गरेर जिविको पार्जन गर्ने महिला एंव बालबालिकाहरु । 

नेपालको बर्तमान कानुन अनुसार शरिर बेच्न बर्जित छ । यौन पेशालाई कानुनी मान्यता नदिएपनि मुलुुकका पूर्व मेचि देखि पश्चिम महाकालि सम्म भित्र भित्रै फैलिएको देहव्यापारको जालोमा २ लाख भन्दा बढि किशोरी एवं महिलाको संलग्नता रहेको तथयांक छ ।  परापूर्वकाल देखि नै यौन पेशा विश्वभर नै चलि आएको चलन भनेता पनि नेपालमा भने दश वर्षे आन्तरिक द्वन्द्वकालमा  यो पेशाले हुर्कने मौका पाएको हो । दश वर्षे जनयूद्धमा विस्थापित भएर गाउ“मा बस्न नसकि सुरक्षित स्थानको खोजीमा शहर पसेका यूवतिहरु, शहरमा केहि काम पाउन नसकेपछि बिहान बेलुकिको छाक टार्नकै लागि बाध्य भएर यौन व्यवसायमा संलग्न हुन बाध्य छन् । भने अधिकांसलाई दलालहरुले राम्रो काम लगाइदिन्छौँ भनि झुक्काएर यौन पेशामा धकेलेका छन् । 

यसरी विभिन्न परिस्थितिले कानुनद्धारा अवैधानिक मानिएको यौन पेशामा आएका महिलाहरु ग्राहकबाट, यस्ता धन्दा संचालन गर्ने साहुबाट, समाजबाट र सिंगो राज्यबाट नै शोषित मात्र छैनन्  उपेक्षित पनि बनाइएका छन् ।  आफ्नो दुई छान टार्ने ध्येयले काम खोज्दै हिडेका निर्दोश महिलालाई यौन पेशाको अमर्यादित जालोमा पार्ने व्यक्तिहरु राजनैतिक उच्चस्थानबाट संरक्षित छन् र दोष जति निमुखा महिलामागि थोपरिएको छ । प्रहरी चौकिमा प्रहरी अधिकृत हेरफेर हुनेबित्तिकै सबै भन्दा पहिले यिनै महिलालाई पक्रिने, थुन्ने, मुद्दा चलाउने र महंगो धरौटिमा रिहा गर्ने काम हुन्छ । प्रहरीले सधै रंगेहात पक्राउ गरेको भनेर झ्यालि पिटाउँछ तर सधै ति  महिलालाई मात्र पक्रिन्छ अहिले सम्म ति महिलाको शरिर किन्न जाने पुरुषलाई समात्ने हिम्मत गरेको भेटिँदैन । दलाल, साहु, ग्राहकले सधै उन्मूक्ति पाउछन् सजाए जति निर्दोष महिलाले मात्रै भोग्नुपर्छ । तैपनि यि महिला आफूमाथि भएको अन्यायको विरुद्ध आवाज उठाउन सकिरहेका छैनन् किनकि नेपाली समाज “यौन” का विषयमा साह्रै संकुचित धारणा राख्छन् । 

यौनका विषयमा कसैले बोल्यो भने पनि त्यो मान्छेलाई उत्ताउलो, काम नलाग्ने वा समाज भाड्ने उपनाम दिइन्छ, झन् यौनजन्य गतिविधिमा संलग्न व्यक्तिलाई त यो समाजले खेद्ने नै भयो । त्यसैले पनि मलाई यौनजन्य हिंसामा परेका महिला एवं बालिकालाई सहयोग उद्धार एंव उनीहरुको संरक्षणमा आफ्नो जीवन समर्पित गर्न मन परेको हो । यहा“ दलालहरुले स–साना बालिका लाई बन्धक बनाएर यौन पेशामा लगाउछन् । त्यसबाट आर्जेको पैसाले शहरमा आलिसान महल ठड्याउछन्, आफ्नो छोराछोरी विदेशमा पढाउछन् अनि जब केहि वर्षपछि ति बालिकाले पैसा कमाइदिन सक्तिनन् उनको शरिर यौन पेशाको लागि अयोग्य हुन्छ, त्यसपछि त्यो दलालले उसलाई सडकमा ल्याएर फ्याल्दिन्छ ।



त्यसबेला सम्म त्यो महिलाको बच्चा समेत भैसकेको हुन्छ । हिजो कसैले झुक्याएर वा आफ्नो पेट भर्नकै निमित्त यौन पेशामा जान विवस महिलाको निमित्त अब बच्चा समेत पाल्नुपर्ने जिम्मेवारी आइपर्छ र उनिहरु सडकका अध्यारो गल्लि–गल्लिमा बसेर आफ्नो शरिर कसैले लगेर ओछ्यान बनाओस् भनेर ग्राहक कुरिरहेका हुन्छन् । बाहिर सतही रुपमा देखिनका लागि एउटी यौनकर्मी महिला मात्रै देखिएपनि ति महिलाको शरिर किन्ने पुरुष समाजका लब्ध प्रतिष्ठित व्यक्ति समेत हुन्छन् । स्वघोषित ठूला मान्छेले झन त्यो महिलाको विवशतता माथि फइदा उठाई रहेका छन् । तसर्थ उनी भन्छिन् ‘मेरो अभियान भनेको ति यौनजन्य हिंसामा परेका आमाहरु बचाउने अभियान हो ।’ उनका अनुसार एउटा बच्चालाई सवल र सक्षम नगरिक बनाउन झण्डै २० वर्ष लाग्छ भने एउटी यौनजन्यं हिंसा पीडित महिलालाई मानसिक, सामाजिक एवं आर्थिक रुपमा सवल र सक्षम बनाउन जम्मा १ वर्ष मात्रै लाग्दो रहेछ । वषैनि यस्ता सयौँ आमालाई बचाउन सकियो भने तिनै आमाले आफ्ना बच्चालाई संरक्षण गर्नसक्छन र कुुुनैपनि बालबालीकालाई असाहाय भएर सडकमा जानु पर्दैन  । भोलिका दिनमा तिनै बच्चा नै यो देशका सवल नागरिक बनि देशलाई संमृद्ध बनाउने काममा लाग्नेछन् । त्यसैले म जीवनभरी उनीहरुको उद्धार तथा समाजिक पुनःस्थापनामा क्रियाशील भैरहने छु । 



कसरी आइपुगिन उनी यो पेशामा ?

मेरो जन्म २०३९ चैत ५ मा भएको हो । म जन्मिएको गाउ“ ९काभ्रे० काठमाण्डौ शहरबाट नजिकै भएपनि कुरिती, कुसंस्कार र अन्धविश्वासले भरिएको थियो अझैपनि हाम्रो समाजमा छोरा नै सबै थोक हो, छोरी त केहि हैन भन्ने मानसिकता छ विद्यमान भने आज भन्दा ३० वर्षको म जन्मिएको समाजमा त झन् अनमेल विवाह, बालविवाह, गर्ने अनि महिलाले रजस्वला शुरु भएदेखि नै गर्भवति हुनुपर्ने अवस्था थियो । त्यसैले त मेरी आमा विवाह गर्दा १० वर्षकी मात्र हुनुहुन्थ्यो रे १ बुबाचाहि २० वर्षको रे । १० वर्षको उमेरमा विवाह गरेर श्रीमान्को घर प्रवेश गरेकी मेरी आमाले १३ वर्षको उमेर देखि गर्भवती हुनुप¥यो र परिवारले छोरा जन्माउन दबाव दिने हुनाले उहाँ प्रत्येक साल गर्भवति भई बच्चा जन्माउन बाध्य हुनुप¥यो । उहाँले १५ वटा बच्चा जन्माउनु भएछ । जन्माएका १५ जना मध्ये अहिले नौ जना ९७ जना दिदी १ जना दाई र म० जीवित छौँ । छ जना चाहि सानैमा वितेछन् । छोरालाई प्राथमिकतामा राख्ने यो पुरुष प्रधान समाजमा पुरुष कै भूमिका निर्णायक हुन्थ्यो । त्यसैले मेरी आमाले म गर्भवति हुन्न, बच्चा जन्माउदिन भन्न सक्ने आ“ट थिएन ।

३० वर्ष अगाडिको कुरा हो आमा गर्भवति हुनुहुन्थ्यो । म रहेछु उहाँको गर्भमा, दुर्घटनामा परेर मेरो बुबाको मृत्यू भयो । मेरी आमा निरक्षर थिइन् उनको केहि आम्दानी थिएन । उनी र ८ जना स–साना बच्चाहरु त्यही बुबाको कमाइ मै निर्भर हुनुपथ्र्यो । अब बुबाको मृत्यू पछि यो बोझ आमाको काधमा आइपुग्यो ।  एकातिर जवानी मै श्रीमान्संग बिछोडिनु परेको पिडा, अर्कोतिर गर्भवती अवस्था र ८ जना बालबच्चाको पालन पोषणको जिम्मेवारीले आमा को हृदयमा गहिरो चोट प¥यो र उहाँ मानसिक विमारीको शिकार हुनुभयो । त्यही बिमारीले थलिएको बेलामा म जन्मिए । सयद छोरा भएर जन्मिएको भए म समाजमा सबैजनाबाट पुजिन सक्थे तर छोरी भएर जन्मिएको कारण पुरुष प्रधान समाजले मलाई अलच्छिना र बाउटोकुवाको आरोप लगायो । मेरो हेरचाह मेरा ठुली दिदीहरुबाट भयो । मेरो आमा र दिदीहरु निरक्षर भएपनि उहाहरुलाई मलाई चाँहि विद्यालय पढाउने रहर जागेछ तर स्कुल सा¥है टाढा थियो ।

एक घण्टा उकालो पहाड चढेपछि मात्रै स्कुल पुगिन्थ्यो, त्यहिपनि विद्यालय नाम मात्रको थियो । बस्ने डेस्क, बेन्च थिएन । धुलैधुलो भएको खुल्ला चौरमा बसेर पढ्नुपथ्र्यो । अनि वर्षायाममा हिलै हिलो हुन्थ्यो बस्ने ठाउँ हुदैनथ्यो र पहाडको भिरालो बाटो एकदमै चिप्लो थियो ।  त्यसैले वर्ष भरि विद्यालय बन्द हुन्थ्यो तर धनिका छोराछोरीलाई हाम्रो गाउ“बाट ३० मिनेटमा हिडेर पुग्ने अर्को गाउ“मा बोडिङ स्कुल खोलिएको थियो । धनिका छोराछोरी त्यहि स्कुल जान्थे । मेरो दिदीहरु धनिको घरमा कामगरिदिने, खेतबारिमा कामगरिदिने गर्थे अनि त्यस कामबाट आएको पैसा मेरो स्कुलको फि तिर्ने, मलाई कापी, कलम, लुगा, खाना किन्ने गर्थे । उनिहरु कहिले पेटभरि खाएनन् । प्रायः एक छाक खान्थे तर मलाई चाँहि दिदी, दाई र आमाले सा¥है माया गर्थे र सकेसम्म केहि दुःख नपरोस् भनेर खुब मेरो ध्यान दिन्थे । मेरो भाग्य नै भन्नु पर्छ म स्कुल गएदेखि कक्षामा कहिल्यै दोस्रो हुनुपरेन । म सधै कक्षामा प्रथम श्रेणिमा पास हुदै गएँ । 

प्रथम हुने व्यक्तिलाई विद्यालयले पुरस्कार स्वरुप कापि, कलम दिन्थ्यो । त्यहि कापी, कलमले मलाई वर्षभरि लेख्न पुग्थ्यो । पछि ४, ५ कक्षा पुगेपछि त जिल्लाले जेहन्दार विद्यार्थी भनेर छात्रवृत्ति पनि दिन थाल्यो । त्यसपछि आमा र दिदीलाई मेरो पढाईको त्यति बोझ भएन । गाउ“मा बिजुली बत्ति, मोटरबाटो केहिको सुविधा थिएन । टुकि बत्ति बाल्नलाई पनि हाम्रो लागि मट्टितेल महंगो थियो ।


त्यसैले म घाम छउन्जेल पढ्ने, लेख्ने, होम्वर्क गर्ने गर्थे, साझ पर्ने वित्तिकै सुत्थे र जुन लाग्ने बेलामा जुनको उज्यालोमा राती भरी पढ्थे । दिदिहरुपनि विवाह गरेर आफ्नो आफ्नो श्रीमान्को घर गए । आमा रोगले झन् झन् थलिदै जानुभयो म पनि बढ्दै गए । दाजु पनि आफ्नै व्यवहारमा हिँड्न थाले । मैले माध्यमिक तहको शिक्षा पुरा गरे । माध्यामिक पढाई पछि म संगैका साथी कोहि डक्टर कोहि इन्जिनियर बन्ने सपना बोकि शहर छिरे मैले त्यस्तो ठूलो सपना देख्न सकिन तर पनि यो भन्दा माथि पनि पढ्न पाए हुने भन्ने चाँहि मनमा भयो । त्यसपछि म गाउँ छोडेर शहर पसेँ । 



शहरमा मेरो चारैतिर आफन्त थिए तर आफ्नोपन कसैले देखाएनन् । बिरानो शहरमा कहा जानु रु शहरको कुनै ठाउँ मैले चिनेकी थिइन । त्यसपछि म अहिलेको नयाँ बानेश्वरको स्ट्यान्डर्ड चार्टड बैक भएको ठाउँमा त्यतिबेला ग्रिनल्याण्ड बैँक थियो । त्यसकै पेटिमा टोलाएर बसेकी थिए“ । त्यहि पेटिमा म जस्तै टोलाउने अरु पनि साथि बन्न आइपुगे । रातपरेपछि कहिलेकाहि कुनै साथिको कोठामा जाने, कहिले आगो ताप्दै त्यहि रात कटाउने गर्न थाले । अनि कहिले काहि दिदीहरुको घर जाने गर्न थाले । मलाई बच्चैदेखि गीत संगीत सा¥है मनपर्ने हुनाले मेरी आमाले मलाई सानो एफएम रेडियो किन्दिनुभएको थियो । त्यो रेडियो मार्फत मैले केहि सामाजिक संस्थाको नाम र उनिहरुको कामको बारेमा जानकारी पाएको थिए । उक्त संस्थाहरुले बारम्बार हुने पनि महिला एवं बालबालिकालाई केहि समस्या प¥यो भने हामिलाई सम्पर्क गर्नुस्, सहयोग गर्छौ भन्थे । त्यसैले मैले केहि संस्थालाइ मलाई सहयोग चाहिएको कुरा अवगत गराउदै आफ्नो सम्पूर्ण बेलीबिस्तार लगाए, तर उक्त संस्थाहरुले तिमी हाम्रो ‘टार्गेट’ ग्रुपमा परिनौ, तसर्थ सहयोग गर्न सक्तैनौँ भने उनिहरुको सहयोग पाउन कि त बेचिएकी हुनु पर्ने रे, कित एच।आइ।भि संक्रमित हुनुपर्ने कि त बलात्कृत हुनुपर्ने रे । मिठा मिठा नारा बजाउने सामाजिक संघ’सस्थाको यो बास्तविक रवैया देखेर साच्चै दुःख लाग्यो । 


यस्तै भौतारिएर हिडिरहेको बखत एकदिन मोहन बहादुर थापा नाम गरेका व्यक्ति संग भेट भयो । जो बुद्धयरका चिफ इन्जिनियर हुनुहुन्थ्यो ।  

मेरो सबै बास्तविकता बुझेपछि उहाले मलाई मेरो पढाइलाई सहयोग गर्ने बाचा गरि उहाँकी श्रीमती मन थापाले बागबजार स्थित पध्मकन्या क्याम्पसमा आइए मा भर्ना गरिदिनुभयो । मलाई गायिका बनेर उदाउने रहर भएकोले पध्मकन्या क्याम्पसमा मुख्य विषय संगीतलाई बनाए । तर संगीतमा साधना बिना अगाडि आउन नसक्ने हुनाले र स्पेशल साधना कक्षामा सहभागी हुन छुट्टै पैसा लाग्ने हुनाले मैले काम खोजे । काम खोज्दै जादा एकदिन एउटा रेष्टुरेन्टले गीत गाउने काममा जागिर दियो । बेलुकी ६ बजेदेखी राती ११ बजेसम्म गाउनुपथ्र्यो । मलाई मासिक ३५०० दिन्थ्यो र टिप्स पनि पाउदा मासिक ७र८ हजार आम्दानी हुन्थ्यो । यो पैसाले एउटा सोलो एल्बम निकाल्छु र गायन क्षेत्रमा आउँछु अनि यो रेष्टुरेन्टको जागीर छोड्छु भन्ने सोचेकि थिए तर रेष्टुरेन्टमा काम गर्ने महिला भनेपछि सबैले नराम्रो दृष्टिले हेर्ने रहेछन् भन्ने कुरा त्यहाँ काम गर्न थाले पछि थाहा भयो । आफुसंग भएको कला र सीपबाट बाच्न पाउने अधिकार सबैको हुन्छ तर रेष्टुरेन्टमा काम गर्ने महिला अधिकांश निरक्षर हुने हुनाले उनिहरुलाई कसैले गरेको शोषण र अपमानको विरुद्धमा केहि प्रतिकृया जनाउन सक्तैनन् । त्यसैले मैले रेष्टुरेन्टमा काम गर्ने वेटर बहिनीहरुलाई त्यहाँभित्र साहुले गरेको शोषणका विरुद्ध चुपलागेर नबस्न झकझकाउन थाले । 


मैले रेष्टुरेन्टमा गीत गाएर कमाएको पैसा तिनै दिदी बहिनीको लागी मद्दत गर्न थाले  । यसरी मद्दत गर्न थालेपछि र उनीहरुको लागी जति बेलापनि उभिनथाले पछि म प्रति उनिहरुको विश्वाश बढ्दै गयो । यसै बेलामा मेरो आमाको पनि मृत्यू भयो । म नितान्त एक्लो भएको बखत यिनै दिदीबहिनी नै मेरो दरिलो साथी भए ।उनीहरुलाई एउटा कापी र पेन्सिल किनेर क,ख पढाउन थाले । अबत मलाई जति बेला पनि यिनीहरुकै बारेमा सोच्ने बानी परेछ । झन् झन् कसरी सहयोग गर्ने भन्ने चिन्ता लाग्न थाल्यो भने ६ बर्ष काम गर्दा खेरी डान्सबार, क्याविन रेष्टुरेन्ट, मसाजसेन्टरका नामबाट निर्दोश किशोरी तथा महिला माथि भैरहेको चरम शोषणको बारेमा सबै बुझ्ने मौका मिल्यो । त्यहि रेष्टुरेन्टमा ग्राहक बनेर गीत सुन्न आएका मेरो स्वरक फ्यानहरु मदन कुमार कर्ण, मनकराम थापा र शशी शर्मा लगायतका व्यक्तिहरुको साथ, सहयोग र सुझाबमा २०६० चैतमा त्यस्तै जोखिममा परेका महिलालाई संगठित पार्दै ‘रक्षा नेपाल’ नामक नाफा रहित सामाजिक संस्थाको स्थापना गरे ।

यसकारण लागेँ म यो क्षेत्रमा

भनिन्छ कि पढेर जानिन्छ कि परेर जानिन्छ । साच्चै कुनैपनि विषयप्रति व्यवहारिक हुनलाई तथा मन देखिनै उत्प्रेरणा आउनै पर्ने रहेछ । म संगै खेलेका, हुर्किएका साथिहरु आज आफ्नै घर व्यवहारले थिचिएर परिवारमा सिमित भएका छन् । म भने यो सिगो राष्ट्रकै बारेमा सोच्ने र केहि गर्न सक्ने अवस्थामा पुगेको महसुस भएको छ । अविवाहित छु र उमेर पनि भर्खरकै छ तर सयौँ बालबालीकाको “आमा” बन्ने सौभाग्य पाएकी छु । साँच्चै भन्नुपर्दा मैले समाजसेवी बनौला वा कुनै संस्था खोलौँला भन्ने योजना कहिल्यै बनाएकी थिइनँ । जीवन आफुले सोचे जस्तो हुदैन भन्ने कुरामा म बच्चैदेखि विश्वस्त थिए । तसर्थ समयले जता बगायो म पति त्यतै बग्दै गएँ रु तरपनि भित्री हृदयको एउटा कुनामा चाहि आफुलाई बच्चैदेखि गीत संगीत सा¥है मन पर्ने हुनाले गायिका हुने सपना सजाएकी थिएँ । 

त्यही गायिका हुने सपना साकार पार्न र आफ्नो पेट पाल्न रेष्टुरेन्टमा गीत गाउन जाँदा रेष्टुरेन्ट भित्र भेटिएकी हिंसा पीडित दिदीबहिनी नै मेरा प्रेरणाका श्रोत हुन् अनि सबैभन्दा ठुलो श्रोत मेरो जिन्दगीको भोगाई नै हो । यदि म धनि परिवारमा जन्मिएकी थिएँ भने त्यहि धनको घमण्डले मेरो अस्तित्व समाप्त हुने थियो होला तर म गरिवको कोखमा जन्मिएँ । पेटभरी कहिले खान पाईएन र बच्चैदेखि पेटभरी खान र एकसरो लगाउनलाई नै संघर्ष गर्नुप¥यो । सधैको दुःख र संघर्षले मलाई परिपक्क तथा व्यवहारिक बनाउँदै लग्यो ।  आफु हिड्ने बाटो आफै बनाउनुपर्छ भन्ने कुरा सिके, जुन सिकाइ मैले लाखौँ पैसा तिरेर सयौँ डिग्री लिएर पनि  सिक्न सक्दिन थिएँ । मेरो प्रेरणाको स्रोत म आमालाई नै मान्दछु ।  

निरक्षर भएर पनि उहाँको जति स्पष्ट भिजन भएको महिला अहिलेसम्म भेटेको छैन । गरिब हुनुहुन्थ्यो, बरु भोक भोकै बस्नुहुन्थ्यो तर कहिल्यै अरुलाई दुःख देखाउनुभएन । कसैसंग हात फैलाएर मागि खानुभएन । सधै आफ्नो परिश्रम र मेहनतमा विश्वास गर्ने स्वाबलम्बी तथा परोपकारी नारीकै रुपमा यो संसार बाट बिदा लिनुभयो । बच्चै देखि आमाको त्यो हक्कि, निडर र परोपकारी स्वभाबबाट परिचित म भित्र पनि त्यस्तै गुणहरु हुर्कने नै भयो । त्यसकै फलस्वरुप आज रक्षा नेपालको अध्यक्षको चिनारी बन्नुको साथसाथै समाजमा बोल्न पनि हिच्किचाउने यौनजन्य सवाललाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्न क्रियाशील हुन सक्ने भएकी छु ।  

पेशाका चुनौतीहरु

महिला बालबालिका एवं हिंसा पीडितको लागि भनेर नेपालमा हजारौँ संस्थाहरु खुलेका छन् । तर आन्तरिक बेचविखन, बाध्यात्मक देहव्यापार र यौनजन्य हिंसालाई सम्बोधन गर्नेगरी कुनैपनि संस्थाले काम नगरेको अवस्थामा अझ झन् यौनको विषयमा बोल्नै हुन्न भन्ने धारणबाट प्रेरित समाजमा यो विषयलाई उठान गर्नुभनेको सा¥है कठिन काम थियो । बाध्यात्मक देहव्यापार र यौनजन्य हिंसा अन्त्य गर्ने महत्वपूर्ण उद्देश्यका साथ संस्था दर्ता गर्न विधान बोकेर सिडिओ कार्यालय पुग्दा त्यस कार्यालयका जिम्मेवार अफिसरले एकपटक मलाई हेरे, एक पटक सरसरती विधानको पहिलो पेज हेरे अनि सिधै यो असम्भव कुरा हो भनि विधान पन्छाइदिएका थिए ।

सायद उनले हामी भर्खरका कलिला फुच्चीहरुले केहि गर्न सक्तैनन् भन्ने आँकलन गरेका थिए होलान् । हामीले विधानमा गर्न नसकिने असम्भव कुरा र हुदै नभएको अनावश्यक कुरा केहि उल्लेख गरेका थिएनौँ  । हाम्रो विधानले वाध्याताले शरिर बेच्ने महिलाहरुको आर्थिक र सामाजिक पूर्नस्थापना र यौनजन्य हिंसाको अन्त्य गर्ने कुरा मात्र बोलेको थियो । त्यतिबेला म २१ वर्षको थिए भने मेरो समूहका अरु साथिहरु पनि त्यस्तै उमेरका थिए । म जस्तै उमेरका धनिमानिका छोराछोरी अभिभावकले दिएको सेवा सुविधालाई दुरुपयोग गरि कुलतमा फसिरहेका थिए, हामी भने आफू हिँड्ने बाटो आफैँ निर्धारण गरी सरकारबाट अनुमती माग्न जादा सरकारी कर्मचारीले हामीले गर्न खोजेको के थियो गम्भिरतापुर्वक नबुझिकन यो कुरा असम्भव छ भनी निरुत्साहित पार्ने अफिसर संग एकदमै रिस उठेको थियो । तै पनि हामीले हिम्मत हारेनौँ ।



दैनिक सिडिओ कार्यालय पुगेर जिम्मेवार अफिसरलाई बुझाउने कोशिस गरिरह्यौँ र अन्त्यमा विधानमा उल्लेखित ३, ४ वटा बुँदाहरु हटाएपछि उनीहरु संस्था दर्ता गराउन तयार भए । ३ हप्ता अगाडि हाम्रो फाइल पन्छाउने अफिसरले ३ हप्ता पछि राम्रो कामको थालनी गर्नुभएको छ शुभकामना र यो कार्यमा केहि सहयोग चाहिएमा भन्नुहोला सक्ने सहयोग गर्नेछु भन्ने बाचा पनि गरे ।

संस्था दर्ताको प्रमाण पत्र हातमा परेपछि हामिले कार्यालय स्थापना गर्ने बारेमा आपसमा छलफले ग¥यौँ र ठमेलमा कार्यालय स्थापना ग¥यौँ । २०६० सालको चैत्र को पहिलो हप्ताबाट शुरुभएको संस्था दर्ता प्रकृया चैत्र अन्त्यमा सफल भयो र २०६१ साल वैशाख बाट हामी हाम्रो रफ्तारमा हिड्यौँ । सुरुवाती दिनमा उनै हाकिम ९जस्ले हाम्रो विधानलाई पन्छाएका थिए० ले रु ५० हजार रुपैया आर्थिक सहयोग गरे । त्यहि पैसाले हामिले कम्प्यूटर, फोन लगायत आवश्यक फर्निचर जोड्यौँ र शिक्षाले मात्रै मानिसको जीवन स्तर उकास्न सकिन्छ भन्ने कुरा मेरो ठम्याई भएको कारण स्थापना कालदेखि नै ति विभिन्न पेशा व्यवसायका नामबाट यौन दुव्र्यवहारमा परेका महिलालाई कार्यालयमा बोलाएर साक्षरता कक्षा दिन थालेँ । 

साक्षरता कक्षाले औँठाछाप उनीहरुलाई साक्षर९ पढ्न लेख्न सक्ने० मात्र बनाउँदैनथ्यो कार्यालय स्थलमा हुने हिंसा एवं दुव्र्यवहार बाट कसरी बच्ने तथा आफ्नो हक अधिकार कसरी सुनिश्चित गर्ने भन्ने कुरामा पनि ज्ञान दिने गरिन्थ्यो । साथसाथै ति महिलालाई दिनको एक रुपैया नै भएपनि बचत गर्नुपर्छ भनेर आफुले कमाएको पैसालाई फजुल खर्च नगरि बचत गर्ने बानीतर्फ उत्प्रेरित गर्न थालेँ । १० वर्ष अगाडि २, ४ जनाबाट शुरु भएको साक्षरता कक्षा ९वैकल्पिक शिक्षा० ले आज विद्यालयको स्वरुप ग्रहण गरेको छ । आज यस्तै यौनजन्य हिंसा पीडित र शिक्षाबाट बन्चित १२ बर्ष उमेर भन्दा माथिका महिला दिदीबहिनीलाई शिक्षाको उज्यालो ज्योति दिनका लागि २ वटा   महिला विद्यालय स्थापना गरिएको छ । 

त्यस्तै २, ४ जनाबाट दैनिक एक रुपैया नै भएपनि बचत गर्ने परम्पराले आज सहकारीको स्वरुप धारण गरेको छ । ५ वर्ष अगाडि स्थापित महिला विद्यालय बाट आजसम्म २५७० जना महिलाहरु साक्षर भईसकेका छन् भने ५ वर्ष अगाडि नै स्थापित रक्षा श्री बचत तथा ऋण सहकारी संस्था मार्फत हालसम्म यौनजन्य हिंसा, घरेलुहिंसा एवं बाध्यात्मक देहव्यापारमा संलग्न १३२३ जना महिलाले स्वरोजगार हुने अवसर पाएका छन् । यो हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । नेपाल जस्तो विकासोन्मूख देशमा प्रायः हरेक कुरामा दाताको सहयोग र दानमा भर पर्नुपरेको यथार्थता छ । अनि सामाजिक संस्था भन्ने बिक्तिकै हरेकलाई बिदेशि सहयोगमा चल्ने संस्था भन्ने लाग्छ तर हाम्रो संस्थाले त्यति धेरै विदेशि संस्थासंग काम गरेको अनुभव छैन । हालसम्म जम्मा ७ वटा विदेशी संस्था संग मात्रै काम गरेका छौँ, तरपनि रक्षा नेपाल बाट लाभान्वित हुनेहरु हजारौँ छन् यी सबै कार्यहरु तिनै महिलाको फजुल खर्च कटाएर बचाएको पैसाको सहि सदुपयोग बाट सम्भब भएको हो । अहिले हामीलाई दुइ चार जना महिलाको उद्धार गर्न वा पुर्नस्थापना गर्न दाताको भर पर्नुपर्दैन । 

तर बाध्यात्मक देहव्यापार भनेको समुन्द्र हो, समुन्द्रबाट १ गाग्री पानी झिक्दा खासै फरक नपरेजस्तै यो देहव्यापारमा लागेका लाखौँ महिला मध्ये हजारौँलाई नया“ जीवन दिइएपनि, उद्धार गरेपनि, पूर्नस्थापना गरेपनि समाजमा खासै देखाउन सकिएको जस्तो लाग्दैन । अर्कोकुरा यौनजन्य हिंसा पीडितरप्रभावितको विषय सा¥है सम्वेदनशिल विषय हो, तसर्थ जबसम्म हाम्रो संस्थाबाट सहयोग पाएको महिलाले “हिजो म यो अवस्थामा थिएँ  रक्षा नेपालको सहयोगले मेरो जिवन यहाँ सम्म आइपुगेको छ भनेर उनको मुखले नभनेसम्म हामिले ऊ पहिले यस्ति थिइ, अहिले यस्ति भई भनेर देखाउन मिल्दैन । हामीले २,४ वर्ष सहयोग र साथ त दिन्छौ तरपनि ऊ संग सिंगै जिवन बाकी नै छ उसले यहि समाजसंग भोलि फेरि लड्नु पर्ने हुन्छ, मुकाविला गर्नुपर्ने हुन्छ । आजको घटनाले उसलाई फेरि भोलि आघात नपु¥याओस भन्ने हेतुले भोलि उस्को व्यक्तिगत जिवनलाई पर्न सक्ने असरलाई ध्यानमा राख्दै हामिले सबै कुरा गोप्य राख्नुपर्ने हुन्छ, लुकाइदिनु पर्ने हुन्छ । यसरी हामिले गरेको काम लाई निर्धक्क देखाउन पनि सकिरहेका छैनौ । यो हाम्रो लागि ठूलो चुनौती नै हो । 




एकातिर आजको समाज पारदर्शिताको समाज सबै कुरा छर्लङ्ग भएपछि मात्रै कामको मूल्यांकन हुन्छ अर्कोतर्फ यौनजन्यहिंसा र वाध्यात्मक देहव्यापार बाट पीडितको गोपनियता भंग हुन नदिन हामिले सधै चनाखो हुनुपर्ने अवस्था छ । यहि वाध्यताका कारण हामिले सहयोग गरेको सबै महिलाको बारेमा सहि जानकारी हामिले दिन नमान्दा केहि डोनरले दिइसकेको आर्थिक अनुदान पनि फिर्ता लगेका छन् । डोनरहरु ति महिलालाई भेट्न चाहन्छन् अन्तर्वाता लिन चाहन्छन् उनीहरुको बारेमा भिडियो बनाउन चाहन्छन् तर यौनजन्य हिंसा पीडितलाई समाजले नराम्रो दृष्टिले हेर्ने भएको हुदा ति महिला फोटोसम्म पनि खिच्न मान्दैनन् । यि महिलाको भावनालाई कदर गरि सहयोग गर्ने डोनरहरु एकदम कम पाएका छौँ । त्यसैले हामिले जहिले पनि आर्थिक संकट झेल्नु परिरहेको छ ।

यि विभिन्न चुनौती र समस्याका बाबजुद पनि यो मुद्धालाई हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ध्यानाकर्षण गराउन सकेका छौँ । वाध्यात्मक देहव्यापारमा धकेलिएका महिलाको विषयमा सरकारले केहि योजना ल्याउने तयारी गरिरहेको छ । राजनैतिक अस्थिरताका कारण अहिले सम्म ठोस निर्णय केहि नआएता पनि हाम्रो खबरदारी र सचेतनाले सरकारमा बस्नेहरुले यस विषयमा बोल्न थालेका छन् । सबै नभएपनि पोलिसी लेभलमा बस्ने केहि, यो विषयमा गम्भिर देखिन्छन् । त्यसैको प्रमाणको रुपमा लिन सकिन्छ महिला तथा बालबालीका मन्त्रालयले रक्षा नेपालको कामलाई स¥हानिय गर्दैै २०६७ सालमा कदरपत्रद्वारा गरेको सम्मान गरेको थियो ।

यसरी सम्भव छ बाध्यात्मक देह व्यपारको अन्त्य    

म यो देशको सामान्य नागरिक हुँ । त्यही नागरिकको परिधी भित्र रहेर आफ्ना सिमित कामहरु गर्नुपर्छ, अनि सामाजिक अभियानता वा संघ संगठनले त सरकारले ध्यान पु¥याउन नसकेको सवाललाई उठान गरि समाज र सरकारको ध्यानाकर्षण मात्र गराउने हो । जुनसुकै समस्या माथि समाधानको लागि त सरकारनै गम्भीर हुनुपर्छ । 

अझ हाम्रो जस्तो सम्पूर्ण शक्ति र श्रोत राज्यमै केन्द्रित भएको देशमा त झन् सरकारी चासो र चाहना नभई केहि पनि उपलब्धि हात पर्दैन । तसर्थ सरकार संग नेपाली चेलीको अस्मिता माथिको राजनीतिकरण बन्द गरियोस् भन्ने माग गर्छ । यसको निम्ति सरकारले मुखले मात्र हुन्छ, गर्छौ भन्ने हैन व्यवहारमा पनि उतार्न जरुरी छ । बिहान बेलुकी २ छाक टार्नकै निमित्त आफ्नो शरिर अरुलाई सुम्पिन विवश महिलाहरुलाई स–सम्मान सामाजिक पूर्नस्थापनका निमित्त सरकारले नै हिंसा पीडितको लागि सेल्टरहरु खोल्नुप¥यो वा रक्षा नेपालले खोलेको महिला सेल्टरलाई थप स्तरिय र गुणस्तरिय बनाउनलई आवश्यक सहयोग गर्नुप¥यो । शक्ति र स्रोत जति सरकारले आफ्नो मुठ्ठिमा राख्ने अनि कसरी समाज परिवर्तन हुन्छ ? निर्दोष बालिकारकिशोरी तथा महिलालाई जालझेलमा पारी यौन शोषण गर्ने व्यक्तिलाई राजनैतिक पार्टीले संरक्षण दिने गरेका छन् । अपराधिलाई राजनैतिक संरक्षण हैन पीडितलाइ चाँहि संरक्षण र पीडकलाई सजायँको व्यवस्था गरिनुप¥यो । अनि सबैभन्दा प्रमुख कुरा सेमिनार, गोष्ठी, भाषणले महिला हिंसा घट्दैन । जबसम्म महिलाहरु आर्थिक रुपमा सवल र स्वतन्त्र हुदैनन् तबसम्म हाम्रो समाजमा कहिले बोक्सिको नाममा, कहिले दाइजो नल्याएको निहुमा, नेपाली छोरीहरु जलिरहन्छन्, बलात्कृत भैरहन्छन् र आफ्नो अस्मितालाई दाउमा राखिरहन्छन् ।


तसर्थ सरकार लगायत सम्पूर्ण सरोकारवालाले आर्थिक शसक्तिकरणले मात्रै महिला माथि हुने गरेका सम्पूर्ण हिंसाको वास्तबिक निराकरण सम्भव छ भन्ने कुरा समयमै बुझ्नु जरुरी छ । अहिले हाम्रो पुरुष प्रधान समाजले यो एउटी महिलाको समस्या हो भनेर हल्का रुपमा लिइरहेको छ तर महिला भन्दा पनि माथि उ यो देशको नागरिक हो । यो देश सबै नागरिकका लागि बराबर हो । 

प्रस्तुतीः रामनाथ खनाल

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment