प्रत्येक विहान
क्षितिज फटाएर
एक झिल्को
घामको लाली
दैलो घच्घच्याउँछ
र मलाई
विउझाउँदै भन्छ
ए उठ् !
अहँ म बिउँझिन्न तन्द्राबाट
केवल उठेको अभिनय गर्छु
दिनभर मेरो अभिनय मुहुर्त हुन्छ
रात परे पछि उही चर्या
भोली पल्ट फेरि
आइपुग्छ समय
उही रफ्तारमा
हिजो भन्दा चाँडो
कहिले थोरै ढिलो
टुप्लुक्क ढोकामा
अर्को नयाँ परिवेश लिएर
मलाई विउझाउँन
र पनि म
पूर्ण विउँझन्न
अर्ध निन्द्रामा
उही समयलाई पछ्याउँदै
कुदिरहन्छु
कहाँ सम्म
सायद मृत्युसय्या सम्म ।
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
क्षितिज फटाएर
एक झिल्को
घामको लाली
दैलो घच्घच्याउँछ
र मलाई
विउझाउँदै भन्छ
ए उठ् !
अहँ म बिउँझिन्न तन्द्राबाट
केवल उठेको अभिनय गर्छु
दिनभर मेरो अभिनय मुहुर्त हुन्छ
रात परे पछि उही चर्या
भोली पल्ट फेरि
आइपुग्छ समय
उही रफ्तारमा
हिजो भन्दा चाँडो
कहिले थोरै ढिलो
टुप्लुक्क ढोकामा
अर्को नयाँ परिवेश लिएर
मलाई विउझाउँन
र पनि म
पूर्ण विउँझन्न
अर्ध निन्द्रामा
उही समयलाई पछ्याउँदै
कुदिरहन्छु
कहाँ सम्म
सायद मृत्युसय्या सम्म ।
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment