Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

धमिराहरु



By  Unknown     7:21 PM    Labels: 
देशका धमिराहरु/सेता कमिलाहरु
माटोका लर्का तेर्स्याएर
मेरो देश लुटिरहेछन्
शासनको श्वाद लिइरहेछन्
पालैसँग चुसिरहेछन्
बर्षौँ देखि आज सम्म

हुलका हुल धमिराहरु
सुन्दर घरका
मुल खाँवोहरुमा
माटोको लेपन लाइरहेछन्

शासन सत्ताको
द्वारमा/मझेरीमा/मटानमा
कुर्सीमा/त्यस ओरपर
उनीहरुको ओहोरदोहोर छ
मस्ति छ/रजाइँ चलिरहेछ

बलियो घरमा
धमिराहरुले माटो उठाउन थाल्छन्
त्यो घर नढलेसम्म
उनीहरुले त्यहीँ खान्छन्/गोव्र्याउँछन्
मलमुत्र त्याग्छन्
हुर्कन्छन्/फस्टाउँछन्

जव घरका निदाल/दलिनहरु
माटिएर/मक्किएर
मझेरीमा खस्न थाल्छन्
मुल थामहरु धुलो बन्न थाल्छन्
तव मानिसले पत्तो पाउँछ
कि सिंगै घर धमिराको
गोलामा परिणत भैसक्यो

धमिराले जव घरमा
आफ्नो साम्राज्य/आधिपत्य खडा गर्छ
तव त्यस घरका मानिसहरुको
कुनै उपचारले/विधिले
त्यस घरको विध्वंस टार्न सक्दैन

मलाई विश्वास छ
धमिरा विनासको अर्को रुप हो
यसले काठमा माटो पोतेर
जतिसुकै लर्का तेर्स्याए पनि
सुन्दर आकृतिमा गोला ठड्याएपनि
यसको कुत्सित चाहना
घरलाई भग्नावसेस बनाउनु नै हो
त्यस्तै देश बनाइरहेछन्/बनाउनेछन् ।

©रामनाथ खनाल
जेरपाटी–४, काठमाडौँ ।


About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment