तिम्रो रुपको शौन्दर्यमा जल्दै छु म अचेल
तिम्रो प्रेमको आगोमा बल्दै छु म अचेल
सिमलको भुवा सरी उडी जान्छ यो मन
शरदको मन्द पवनझैँ चल्दै छु म अचेल
दुइ नजरको साहारामा चोर्यौ दिल तिमीले
नजरबाट झरेको प्रितसँगै गल्दै छु म अचेल
तिम्रो रुपको शौन्दर्यमा जल्दै छु म अचेल
तिम्रो प्रेमको आगोमा बल्दै छु म अचेल
000
देखेँ तिम्रो निधारमा रातो टिका टल्किएछ
खाली सिउँदो भित्र मेरो अभाव झल्किएछ
सुहाएको सुन्दर बस्त्र सिरफुलझैँ जमरा नी
मेरो दिलमा छुट्टै प्रेमको आगो सल्किएछ
शरदको यौवनता शिशिरमा ओइलाई झर्छ
हेर, मेरो आँखामा रुमानी प्रेम छचल्किएछ
देखेँ तिम्रो निधारमा रातो टिका टल्किएछ
खाली सिउँदो भित्र मेरो अभाव झल्किएछ
©रामनाथ खनाल
No comments:
Post a Comment