एक एक पसिनाका
थोपा साँचेर मोती
बनाउँदै बदल्दै
सन्ततीका गाँस काटेर
बचाउँदै छुरप्राण भर्दै छु
म मेरा देशका रोगी राजनेताहरुलाई
नाथे रुकुमका चेली लुटिँदा
जुम्लामा अभावले
नागरिकहरुले आँशु पिएर सुत्दा
कालिकोटमा दुई रुपियाँको
सिटामोल नपाएर
धेरैले प्राण त्याग गर्न विवश बन्दा
तिनका जीवन किटपतंगको
या जन्तुको जे होस
तिनीहरुका आँशु
कर्णालीको पानी होस् या अरु
मलाई के मतलव
रत म दुःखी छैन
कारण अनेकौँ सेता हात्तिहरु
पालेकै छु मेरा बुहुताले
तुइनको साहारामा
स्कूले नानीहरु कणार्ली पार गर्दा
तुइनबाट चुँडिएर
धेरैको जीवन
कर्णालीको पानीमा चिसिँदा
खुला आकाश मुनी
एउटै कक्षामा धेरै जना बालबालिका
किताव नपाएर अलमलिँदा
तै पनि मैले
मेरा राजनेताहरु त जोगाएकै छु
मेरो अहो भाग्य !
विश्वकै दुर्लभ
धेरैथान सेता हात्तिहरुलाई
स्याहार्न पाएकै छु
त्यसैले किन दुःखी हुनु म
जुन देशका जनता
नुनको अभावमा अलिनो खान्छन्
आहाराको अभावमा भोकै सुत्छन्
त्यही देशका जनता
करोडौँ खर्चेर राजनेता
बचाउने हैसियत राख्छन्
वास्तवमै महान छन्
मेरा देशका नागरिक
आफू सिटामोलको
अभावमा मृत्युवरण गर्छन्
तर राजनेतालाई
विश्वका महंगा रआलिशान
हस्पिटलका शैयाहरुमा
पालैसँग उपचार गराउँछन् /बचाउँछन्
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
थोपा साँचेर मोती
बनाउँदै बदल्दै
सन्ततीका गाँस काटेर
बचाउँदै छुरप्राण भर्दै छु
म मेरा देशका रोगी राजनेताहरुलाई
नाथे रुकुमका चेली लुटिँदा
जुम्लामा अभावले
नागरिकहरुले आँशु पिएर सुत्दा
कालिकोटमा दुई रुपियाँको
सिटामोल नपाएर
धेरैले प्राण त्याग गर्न विवश बन्दा
तिनका जीवन किटपतंगको
या जन्तुको जे होस
तिनीहरुका आँशु
कर्णालीको पानी होस् या अरु
मलाई के मतलव
रत म दुःखी छैन
कारण अनेकौँ सेता हात्तिहरु
पालेकै छु मेरा बुहुताले
तुइनको साहारामा
स्कूले नानीहरु कणार्ली पार गर्दा
तुइनबाट चुँडिएर
धेरैको जीवन
कर्णालीको पानीमा चिसिँदा
खुला आकाश मुनी
एउटै कक्षामा धेरै जना बालबालिका
किताव नपाएर अलमलिँदा
तै पनि मैले
मेरा राजनेताहरु त जोगाएकै छु
मेरो अहो भाग्य !
विश्वकै दुर्लभ
धेरैथान सेता हात्तिहरुलाई
स्याहार्न पाएकै छु
त्यसैले किन दुःखी हुनु म
जुन देशका जनता
नुनको अभावमा अलिनो खान्छन्
आहाराको अभावमा भोकै सुत्छन्
त्यही देशका जनता
करोडौँ खर्चेर राजनेता
बचाउने हैसियत राख्छन्
वास्तवमै महान छन्
मेरा देशका नागरिक
आफू सिटामोलको
अभावमा मृत्युवरण गर्छन्
तर राजनेतालाई
विश्वका महंगा रआलिशान
हस्पिटलका शैयाहरुमा
पालैसँग उपचार गराउँछन् /बचाउँछन्
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment