जनप्रिय सरकार !
के के लगाउँछौँ ?
जनअंकुश अरु
मुलुकलाई संविधान दिन्छौ भने
तिहारै नमानौँला बरु
घाँटी निमोठेर जनताको
लोकतन्त्रको दुहाई दिन्छौ
महंगी सगरमाथा चढ्दैछ
संविधान दिन अरु के–के लिन्छौ ?
हजारौँको रगत चढायौँ
नाथे बत्ति नबालेर के भो
टिका पनि नटाँसौँला
एक थान संविधान देऊ
जनताको विन्ति छ यो
निरंकुशतामा पनि
जनताको गाँसमा
अंकुश थिएन
पञ्चायतमा पनि
यति जनअधिकार
सिंहदरबारले खोसेन
आङनै नढाक्ने
लोकतन्त्रको के वस्त्र लगाउँछौँ ?
कानून हातमा लिएर
दुनियाँ किन हसाउँछौ ?
तिम्रा लागि लडेर
जनता र देशले
खै के पायो ?
नेपालको अगाडि नयाँ थप्दैमा
परिवर्तन आयो ?
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
के के लगाउँछौँ ?
जनअंकुश अरु
मुलुकलाई संविधान दिन्छौ भने
तिहारै नमानौँला बरु
घाँटी निमोठेर जनताको
लोकतन्त्रको दुहाई दिन्छौ
महंगी सगरमाथा चढ्दैछ
संविधान दिन अरु के–के लिन्छौ ?
हजारौँको रगत चढायौँ
नाथे बत्ति नबालेर के भो
टिका पनि नटाँसौँला
एक थान संविधान देऊ
जनताको विन्ति छ यो
निरंकुशतामा पनि
जनताको गाँसमा
अंकुश थिएन
पञ्चायतमा पनि
यति जनअधिकार
सिंहदरबारले खोसेन
आङनै नढाक्ने
लोकतन्त्रको के वस्त्र लगाउँछौँ ?
कानून हातमा लिएर
दुनियाँ किन हसाउँछौ ?
तिम्रा लागि लडेर
जनता र देशले
खै के पायो ?
नेपालको अगाडि नयाँ थप्दैमा
परिवर्तन आयो ?
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment