रोकेर रोकिन्न पीडाको आँशु झरी झैँ खसेपछि
खै मन कहाँ खान्छ, दुःखको भङ्गालो पसेपछि ?
आखाँमा बादल लाग्छ मनको दृष्य धमिलिन्छ
अनायसै छाती दुख्छ आफ्नाले नै छुरा धसेपछि
उर्लन्छ दुःखको खहरे मनको बलेसीमा त्यसै
दुध पिलाएका ब्वाँसाहरुले आफैँलाई डसेपछि
उडेर छोऊँ चन्द्र भन्दा पाईला आफैँ चल्न छाड्छ
इमानले डेरा छोड्दै वेइमानहरुले घर बसेपछि
रोकेर रोकिन्न पीडाको आँशु झरी झैँ खसेपछि
खै मन कहाँ खान्छ, दुःखको भङ्गालो पसेपछि ?
©रामनाथ खनाल
No comments:
Post a Comment