बाराको गढीमाई, जहाँ विश्वमै सवैभन्दा बढी पशु बली दिइन्छ |
कि यो संसारमा ईश्वर छ
रत यति विघ्न फस्टाएको छ
अन्याय, अत्याचार
र व्यभिचारका अनन्त श्रृङ्खलाहरु
हैन भने सुन्थ्यो नी
ती अवोध प्राणीहरुको
भयानक चित्कार
र विद्रुप रुवाईहरु
जहाँ
ढुङ्गाका जड् शिलाहरुमा
निर्दोश जनावरको घाटी कर्दले काटिन्छ
तरवारले शिर गिँड्याइन्छ/छुट्याइन्छ/टुक्र्याइन्छ
आवाज विहिन् निमुखा प्राणीहरुको
खुलेआम कत्लेआम गरिन्छ
भगवान भक्तिका नाममा
यो कस्तो चलन ?
गल्ती मान्छेले गर्छ
प्रायश्चितका लागि
निमुखाको घाटी खुकुरीले छुट्याइन्छ
मनोकामना मान्छेहरुको हुन्छ
पूर्तीका लागि अवोध दुधे पशुहरु
पाषाणमा रेटिनुपर्छ
बलि चढ्नु पर्छ
त्यसैले कसैले भन्ला
यो संसारमा विवेकधारी मान्छेहरु
जीवित छन् ?
छैनन् ।
ढुंगाको शिलालाई देवता पुज्ने
पत्थर मन भएका मान्छेहरु
गर्भमै विवेक लिलाम गर्छन् र
अमान्छे भएर जन्मन्छन्
रत मन्दिरहरुमा
अन्जान पशुहरु
रेट्न/काट्न/मार हान्न
उनीहरुलाई बर्षौँ देखि छुट छ
©रामनाथ खनाल
No comments:
Post a Comment