Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

म तिम्रो सोकेशकी परी होइन (कथा)



By  Unknown     1:54 AM    Labels: 
 -रामनाथ खनाल
 
‘हिजोआज  मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।

थाहा छैन, अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराईसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो ।

सुरु सुरुमा त उसलाई यो वेश्वादे रक्सीको झोल देखि वाक्क लाग्थ्यो  । तर हिजोआज यो उसको दिन कटाउने माध्यम नै बनेको छ । जीवनको एक अभिन्न साहारा । आल्मारीमा सजाईएका विभिन्न ब्राण्डका ह्विस्की, वाइनहरु यसरी नै जिन्दगीको सहारा बन्छन् भन्ने उसले सायदै सोचेकी थिई । नशाको झोलमा तैरिएर जिन्दगी बाँच्नु पर्छ भन्ने उसलाई के थाहा ?

‘पतझड जीवनमा ऊ किन वसन्तको बहार बनेर आयो र शिशिरयाम नलाग्दै नंग्याएर गयो रु’ उसले यस्तै सोची । र पुनः नशामा हराई । ह्विस्कीको नशाले उसको रक्त प्रवाहलाई खल्लबल्याई दियो । भावना ऊ यसरी बलीरहेकी छे मानौँ, उसको नशा नशामा अग्नीज्वाला दन्किरहेको छ । टेवल अघिल्तिर उभ्याइएको ह्विस्किको नशारुपी पानीले उसको क्रोधाग्नी निभाउन सकेको छैन ।

‘तिमीले जुन सपना देखाएर मलाई तिम्रो मन मझेरीमा भित्र्यायौ, त्यसबाट किन तिमी अनयासै विमुख भयौ र ?’ उसले उसलाई प्रश्न गरी । उसको प्रश्न केही भित्तामा ठोकिएर उ भएतिरै फर्कियो र केही रातको सन्नटालाई चिर्दै पर पुग्यो ।  उसले पुनः प्रश्न गरी– तिम्रो र मेरो दुवै परिवारलाई हाम्रो प्रेमको दोषी करार गरेर भावावेशमा निर्णय गर्दै मझदारबाट मलाई किन आफ्नो जीवनमा लग्यौ रु तिमी यति चाँडै मलाई चटक्क विर्सिएर आफ्नो दुनियाँमा हराउन सक्छौ ?

यतिञ्जेल उसका आँखामा उर्लिएको उप्रतिको रुमानी प्रेम गालाभरी पोखिईसकेका थिए । घरका भित्ताबाट परावर्तित भएर आएको डिम लाईटको मधुर प्रकाशको दोछायाँमा ऊ विल्कुल हराइरहेकी छे । केवल रातको मध्यप्रहर र शुन्यतालाई चिर्दै टिक टिक बजिरहेको घडी साक्षी बनेर भित्तामा ठडिइरहेको छ ।

रक्सीको नशाले मान्छेलाई पागल बनाउँछ या रक्सीको सहारामा मान्छे पागल बन्छ रु मुक दर्शक बनेको रातले उसको चर्तिकलाबाट सायद यस्तै सोचेको हुनुपर्दछ ।

कल्पना र भावनामा बहकिँदा बहकिँदै कतिखेर उसले टेवल अगाडि उभिएको बोतल रित्याईसकिछे उसलाई पत्तै हुँदैन । रातको मध्यता, शुन्यता र निस्तव्धतालाई चिर्दै एकनास बहिरहेको चिसो सिरेटोले उसलाई पुनः विथोलिदियो ।

उसलाई रिमेशको याद अझै गाढा बन्न थाल्यो । हृदयको अन्तष्करणबाटै उसको सम्झना अझै स्पातिलो बन्यो र आँखाबाट उसको माया अझै तरल बनेर अविरल चुहिन थाल्यो ।

रिमेश तिमी यति निर्दयी र क्रुर बन्न सक्छौ भनेर म कसरी कल्पना गर्न सक्थेँ रु मैले त मेरो जीवनका सम्पूर्ण बाटाहरु बन्द गरिदिएर तिम्रै बाटोमा पूर्णतः समाहित भएको थिएँ । थाहा थिएन तिमी अचानक मलाई यसरी एक्लै छोडेर वेपत्ता हुन्छौ भनेर ।

आज तिमीले मलाई छाडेर विदेशीएको पनि झण्डै दुई वर्ष पुग्न लाग्यो । त्यसबिचमा मैैले व्यहोरेको तिम्रो अभाव तिमीलाई अनुमान सम्म पनि गर्न गाह्रो पर्दछ । एउटी विवाहिता महिलाका लागि उसको सवथोकनै श्रीमान् हो  । यसकारण म तिम्रो अभावमा हरपल तड्पिएर बाँच्न विवश भएँ । तर तिमीले मलाई कहिल्यै बुझेनौ या बुझ्न आवश्यक नै ठानेनौ। 

तिम्रो सोचाईमा त म सोकेशमा सजाइएकी परिजस्ती भएँ, जो तिम्रो इच्छामा बाँच्न र हाँस्न सकोस् । तिम्रो व्यहारले यस्तै भन्छ । तिमी विदेशीए पछि पत्येक पल म तिम्रो वियोगमै यसैगरी छटपटिएँ । तड्पिएँ । म कसलाई सुनाउँन सक्थेँ मेरा यी पीडाहरु ।

तिम्रो वियोगका कारण मनका व्यथाहरु निको पार्न कहिले रक्सीको सहारा लिएँ । कहिले आफूलाई आँसुको भेल बनेर बगाएँ  । बरु आँखाको आँसु रित्तियो तर मनमा झन् ठुलो दुःखको घाऊ बन्दै गयो । जुन तिम्रो सहानुभुतीले मात्र कहाँ निको हुन्छ र ?

अव म पुरापुर रित्तिइसकेको छु  । आफूलाई भुलाउने र मन बहालाउने बाहाना पनि छैन म सँग । जिन्दगीमा जसको साथ लागेर जीवन विताउने निधो गरेकी थिएँ र जसलाई सवथोक ठानेकी थिएँ उसैले वास्ता गर्दैन र ख्याल गर्दैन भने आफूलाई के भनेर चित्त बुझाउन सक्छु रु त्यसैले तिम्रो वियोगमा तड्पिएर जुन हेर्दै रात कटाउने र भित्तामा झुण्ड्याइएको घडीको सेकेण्ड, मिनेट एवम् घण्टा हुँदै अघि बढ्ने लामो समयको प्रतिक्षा गर्ने धैर्यता छैन ममा ।

तिमीलाई मैले भनेको थिएँ– ‘रिमेश तिमी विदेश जाँदै नजाऊ, विदेश गएर तिमीले कमाउने पैसा तिमी र म दुवै यहीँ बसेर कमाउन सक्छौँ ।’ तर तिमीले मेरो कुरालाई सुन्न आवश्यक नै ठानेनौ ।

म अनुमान गर्न सक्छु की तिमी द्रव्य मोहमा यति विघ्न हठी भएका थियौ, त्यती वेला मेरो मायाले तिमीलाई केही प्रभाव पार्न सकेको थिएन । अन्ततः म आँखाभरी आँसुको भेल बगाएरै तिमीलाई विदेश पठाउन बाध्य भएकी थिएँ । विदेशीनु तिम्रो रहर थियो या वाध्यता त्यो त म कसरी जान्न सक्छु र रिमेश ?

आफ्नो बारेमा कहिल्यै केही नभन्ने र अर्काको बारेमा धुतेरै भए पनि जानी छाड्ने तिम्रो अन्र्तमुखी स्वभावसँग म थोरै त परिचित थिएँ तर तिम्रो अन्र्तमन नै पढ्ने सामथ्र्य त कहाँ थियो र ममा ?

कलेज पढ्दा या कतै घुम्न जाँदा तिमी आफ्नो बारेमा थोरै भन्ने र अर्काको बारेमा धेरे बुझ्ने कोसिस गथ्र्यौ । त्यसैले मैले तिम्रो बानीसँग घुलमिल नै हुन सकिँन । हाम्रो रुमानी प्रेमताका तिमी औसत प्रेमी झैँ मलाई सपनाको संसारमा बहकाउने पनि गर्दैनथ्यौ ।

मलाई अझै सम्झना छ, तिमीमा धेरै महत्वाकांक्षा चाँही पक्कै थियौ । त्यो कुरा तिमीले मनले ढाँटे पनि आँखाले छरपष्ट पारिदिन्थ्यो । तिम्रो स्वप्निलहरु आँखा मेरो प्रेमको गहिराई नियाल्न भन्दा आफ्नो महत्वाकांक्षाको उचाई नाप्न तल्लिन हुन्थ्यो । त्यो कुरा तिम्रो र मेरो एकान्त बसाईमा तिमीले लुकाउँदा लुकाउँदै पनि नफुत्किएको कहाँ हो र ?

हो रिमेश, आफ्नो सपना पुरा गर्न अरुको स्वार्थका ख्याल गर्नुपर्दछ अरुको भावनालाई नजरअन्दाज गर्ने होइन पढ्ने र बुझ्ने कोशिस गर्नुपर्दछ । घरमा अंगालो भरिकी श्रीमती चटक्क छोडेर विदेशीँदा तिमीले आफ्नो शंकालू स्वभाव पनि यहीँ तिलाञ्जली दिन सक्नु पर्दथ्यो । आफ्नो चाहना पुरा गर्न केही कसर बाँकी नराख्ने तिमीले आफ्नी श्रीमतीको अतृप्त चाहना आँखा र मन दुवैले पढ्न सक्नु पर्दथ्यो ।

नविदेशिनु पर्ने तिमी विदेशियौ । त्यसमा मैले गुनासो गर्न छाडिसकेको थिएँ । ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ भन्ने आहान झैँ तिमीले विदेशमा पनि राम्रो गर्न सकेनौँ । या गरेर पनि भनेनौँ । तर मैले तिमीजस्तै आफूलाई शंकालू बनाइन । किनकी म तिमीप्रति समर्पित थिएँ । तिमीले कुनै महिना पैसा नपठाउँदा पनि मैले आफूलाई कमजोर बनाइन किन भने त्यहाँ तिमी मलाई कमजोर होइन समृद्ध बनाउन गएका थियौ सायद । अभावमा निखारिन र रित्तिएर पनि समृद्ध बन्न सिक्न तिम्रै आनीबानी पर्याप्त थियो ।

तिम्रो इच्छामा चल्दा एउटा संसार मैले गुमाईसकेको थिएँ । आफ्नो आमाबाबुको मन उजाड पारेर तिम्रो साथ लागेकी थिएँ म । त्यसकारण तिम्रै चाहना मुताविकै चल्नु मेरो निर्मम बाध्यता थियो । र त म निसन्देश चलेँ । तर विगत एक वर्ष देखि तिमी निर्मम फेरीयौ । त्यहाँ पैसा फल्ने कुनै बोट हुँदैन । छैन । तर पनि दुईरतीन महिनामा मलाई पुग्ने पैसा पठाउन पनि तिमीलाई अल्छि लाग्न थाल्यो ।

पुरुषहरु उस्तै हुन्छन् भनेर म तिमीलाई दोषी करार गर्न र औसत गाली गर्न पनि म चाहन्न । तिमी त्यहाँ के गरिरहेका छौ, स्काइप, भाइवर, फेसवुक सवै बन्द गरेर कुन दुनियाँमा हराएका छौ,  या उतैतिर नयाँ घर बसाल्यौ कि भन्ने कौतुहलता मेरो मनमा पनि पैदा हुन्थ्यो । तर पनि मैले तिमीलाई कहिल्यै व्यक्त गरिनँ ।

अव मलाई तिम्रो बारेमा धेरै चिन्ता छैन । तिमीले पठाउने महिना दिन पनि नपुग्ने पैसाको फाँडबारी, कोहीसँग लागिकी  या कतै सल्किकी भन्ने तिम्रो अतिरिक्त शंकाबाट म आफूलाई झनै कमजोर बनाउनु छैन । वेलाबखत फोन गरेर अमुहुर्त हिसावले लगाउने लान्छानाको भागिदार आफूलाई कतिञ्जेल बनाऊँ ।

रुप र वासनाले भरिपूर्ण एउटी श्रीमती एक्लै छोडेर बाहिरिने तिमी पुरुषले सोच्नु पथ्र्यो कि तिम्रो जस्तै मन, चाहना र बासना भएकी श्रीमतीलाई आफूबाट पर राखेर म यहाँ आएको छु । तिमीले मेरो चरित्रमाथी प्रश्न प्रतिप्रश्न गरिहँदा अव म तिम्रोपुरुषत्वको बारेमा किन प्रश्न नउठाउने रु मलाई विश्वास छ, तिमीले त्यहाँ मेरो अभावलाई अन्य कुनै हिसावले पूर्ती गरिरहेका छौ । त्यसकारण तिमीलाई मेरो सम्झना कहिल्यै आउँदैन । 

अव मैले आफूलाई तिम्रो अभावमा यसैगरी कमजोर बनाइरहनु भन्दा अगामी यात्रा आफैँ तय गर्नु श्रेयस्कर हुन्छ । तिम्रो प्रतिक्षा गर्नु मेरा लागि निक्कै ढिला हुनेछ ।

मलाई माफ गर रिमेश संसार यस्तै हो । समय तिमीले र मैले चाहे अनुसार मात्रै कहाँ चल्दो रहेछ र रु तिमीले जहाँ छाड्यौ त्यही रहेर तिम्रो प्रतिक्षामा आँखा लोलाउँदै सोकेशकी परी जस्तो कैदी जीवन यापन गर्ने धैर्यता अव ममा रहेन । त्यसैले मैले मेरो बाटो रोजेँ । हिँडे । जीवनका शितयाम मैले तिम्रो न्यानो अंगालोको अभावमा विताएँ । मलाई विश्वास थियो शिशिरको तुषारो फाटे पछि बसन्त आउँथ्यो । आयो । अस्तु ।
Published on http://nepalpati.com/news/3335/Ramnath-Khanal

लेखकलाई फेसवुक र  ट्विटरमा पनि भेट्न सकिने छ ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment