सहर, भीड र देश
©रामनाथ खनाल
सहरको मध्य भागमा
मृत्युवत् मुद्रामा उभिइरहेको
धरहरा, धण्टाघर
अचालमा लमतन्न रानीपोखरी
हुन सक्छ सालिकहरु पनि
नियाल्दा हुन्÷हेर्दा हुन्
सहरमा अनायसै बढेका भीड
मानिसका अनुहारमा छाएका
हत्पती, निराशा र कुण्ठा
कोध, आक्रोस र विरोधका
सिमाहिन अभिव्यक्तिहरु
देशसँग भीडको गुनासो छ
आँखामा सपनाको सागर बोकेका
चाहनाको सुदूर गन्तव्य पछ्याउन
कर्तव्यबाट अकारणै टाढिएका
हुलका हुल मानव भीडहरु
देशसँग मेटाउन खोज्दैछन्
आफ्ना अतृप्त प्यासहरु
त्यस मध्ये कोही
कर्तव्यबाट टाढिएकाहरु
हात फर्काएर
पासपोर्टमा कैद गर्दछन् राष्ट्रियता
देशबाट बाहिरिन्छन्
श्रम र पौरख
विदेशि भूमिमा बर्षाउँछन्
रित्याउँछन्
हिजोआज साँच्चै
स्वदेशमा
मनव भीडमै
देश हराएको छ
विदेशमा
सागरमा÷मरुभूमिमा
चुहिएका पसिनाको बाफ
देश बनेर आकाशमा उडिरहेको छ ।
000
भन म बहुलाएँ ?
महाशय !
दुनियाँलाई देश नदुख्दा
माटो मेटिएर
नामेट बन्दा
शिर सगरमाथा
लाजले खुम्चिएर
अनायसै बुद्धका
आँखाबाट ज्योतीहरु गायव हुँदा
म किन आत्तिएँ ?
सद्भाव मेटिएर
बैरभाव चुलिँदा
भातृत्व भग्नावशेष बन्दा
दिनदहाडै
मातृत्व लुटिँदा
आफ्नै बाऊबाट चेलीहरु
बलात्कृत हुँदा
आफ्नै छानमुनी
छोरीहरु असुरक्षित हुँदा
किन म पिडा मिश्रीत भए ?
अकारण नै आत्तिएँ ?
आखिर देश न हो नाङ्गिएको
त्यही लालुमाया न हुन् लुटिएकी
त्यही बाटुली न हो बेचिएकी
त्यही बिर्खे न हो बिदेशिएको
त्यही हर्के न हो अभावमा हुर्किएको
नाथे यती हुँदैमा म किन
झस्किनु पर्ने ?
आत्तिनु पर्ने ?
तर पनि
आज भोली
मलाई देश चसक्क दुखेर आँउछ
अनायसै आँखामा अन्धकार छाउँछ
धमिलो आवरणमा जताततै
देश रोएको देख्छु
पिडा सहन नसक्दा पनि
लाजले आँसु रोक्छु
साँच्चै मलाई धेरै
अझ धेरै देश दुखेको छ
ए देश दोहनमा मस्तहरु हो
भन म बहुलाएँ ?
©रामनाथ खनाल
सहरको मध्य भागमा
मृत्युवत् मुद्रामा उभिइरहेको
धरहरा, धण्टाघर
अचालमा लमतन्न रानीपोखरी
हुन सक्छ सालिकहरु पनि
नियाल्दा हुन्÷हेर्दा हुन्
सहरमा अनायसै बढेका भीड
मानिसका अनुहारमा छाएका
हत्पती, निराशा र कुण्ठा
कोध, आक्रोस र विरोधका
सिमाहिन अभिव्यक्तिहरु
देशसँग भीडको गुनासो छ
आँखामा सपनाको सागर बोकेका
चाहनाको सुदूर गन्तव्य पछ्याउन
कर्तव्यबाट अकारणै टाढिएका
हुलका हुल मानव भीडहरु
देशसँग मेटाउन खोज्दैछन्
आफ्ना अतृप्त प्यासहरु
त्यस मध्ये कोही
कर्तव्यबाट टाढिएकाहरु
हात फर्काएर
पासपोर्टमा कैद गर्दछन् राष्ट्रियता
देशबाट बाहिरिन्छन्
श्रम र पौरख
विदेशि भूमिमा बर्षाउँछन्
रित्याउँछन्
हिजोआज साँच्चै
स्वदेशमा
मनव भीडमै
देश हराएको छ
विदेशमा
सागरमा÷मरुभूमिमा
चुहिएका पसिनाको बाफ
देश बनेर आकाशमा उडिरहेको छ ।
000
भन म बहुलाएँ ?
महाशय !
दुनियाँलाई देश नदुख्दा
माटो मेटिएर
नामेट बन्दा
शिर सगरमाथा
लाजले खुम्चिएर
अनायसै बुद्धका
आँखाबाट ज्योतीहरु गायव हुँदा
म किन आत्तिएँ ?
सद्भाव मेटिएर
बैरभाव चुलिँदा
भातृत्व भग्नावशेष बन्दा
दिनदहाडै
मातृत्व लुटिँदा
आफ्नै बाऊबाट चेलीहरु
बलात्कृत हुँदा
आफ्नै छानमुनी
छोरीहरु असुरक्षित हुँदा
किन म पिडा मिश्रीत भए ?
अकारण नै आत्तिएँ ?
आखिर देश न हो नाङ्गिएको
त्यही लालुमाया न हुन् लुटिएकी
त्यही बाटुली न हो बेचिएकी
त्यही बिर्खे न हो बिदेशिएको
त्यही हर्के न हो अभावमा हुर्किएको
नाथे यती हुँदैमा म किन
झस्किनु पर्ने ?
आत्तिनु पर्ने ?
तर पनि
आज भोली
मलाई देश चसक्क दुखेर आँउछ
अनायसै आँखामा अन्धकार छाउँछ
धमिलो आवरणमा जताततै
देश रोएको देख्छु
पिडा सहन नसक्दा पनि
लाजले आँसु रोक्छु
साँच्चै मलाई धेरै
अझ धेरै देश दुखेको छ
ए देश दोहनमा मस्तहरु हो
भन म बहुलाएँ ?
No comments:
Post a Comment