पेसाले उनी नर्स हुन् । अस्पतालमा सेवारत् रहँदा थुप्रै मृत्युसँग साक्षात्कार हुनुपर्छ । घाउ, चोट, बिरामीको ऐ्यया–आत्थुसँग भिज्दै उनीहरूको सेवामा दत्तचित्त हुनुपर्छ । भोक, प्यास र निद्रा बिरामीको सेवा अधीनस्थ राख्दै कयौं जीवन बचाउन अहोरात्र खट्नुपर्छ ।
मृत्युको रोदन र जन्मको हर्षोत्सवको संगम हो अस्पताल । उनले देखेकी छिन्, तीव्र प्रशव वेदनाबीच बच्चा पैदा भएको क्षण आमाको आँखामा छचल्किने अतृत्प खुसी । र, प्रियजन गुमाउनु पर्दा बिरामीका आफन्तका आँखाबाट चुहिने पीडा ।
कयौं मृत्युको अगाडि ठिंग उभिएकी मान्छे जब आफ्नै मृत्युअघिल्तिर पुग्छे, त्यतिबेला उसले के कल्पना गर्छे ? त्यस्तै डरलाग्दो र भयंकर मृत्युको मुखमा पुगिन् लम्जुङकी बबिता सेढाईं ।
कयौं मृत्युको अगाडि ठिंग उभिएकी मान्छे जब आफ्नै मृत्युअघिल्तिर पुग्छे, त्यतिबेला उसले के कल्पना गर्छे ? त्यस्तै डरलाग्दो र भयंकर मृत्युको मुखमा पुगिन् लम्जुङकी बबिता सेढाईं ।
पोहोर वैशाख १२ को विनाशकारी भूकम्पको पहिलो धक्कामा उनी धरहराको टुप्पोमा थिइन् । त्यसपछि उनी धरहरासँगै भुइँमा बजारिइन् । धरहरा क्षणभरमै धुलिसात भयो । तर, उनी बाँचिन् ।
० ० ०
अस्पतालको ड्युटी एक बजेलाई तय भएको थियो । शनिबारको दिन भएकाले बिहान खासै काम थिएन । मोबाइल बिग्रिएको थियो तर बनाउने फुर्सद नपाएकाले त्यसै थियो । किशोर खतिवडा भन्ने साथी आएका थिए । उनले प्रस्ताव गरे, “जाऊँ न्युरोड घुम्न, मोबाइल पनि उतै बनाउँला ।”
बिहानै खाना खाइवरी बबिता र किशोर न्युरोड हानिए । मोबाइल मर्मत गरे । त्यतिबेला बिहानको ११ बजेको हुँदो हो, साथीले अचानक प्रस्ताव गरे, “तिम्रो ड्युटी तीन बजेदेखि होइन ? त्यतिन्जेल धरहरा चढौं ।”
काठमाडौंमै भए पनि उनका साथीलाई धरहरा चढ्ने मौका मिलेको रहेनछ । उनलाई पनि साथीको आग्रह ठीकै लाग्यो र भनिन्, “हुन्छ नि त मलाई पनि धरहरा चढ्ने रहर मरेकै छैन ।”
त्यसपछि उनीहरू सुन्धारातर्फ लागे । त्यतिबेला साढे ११ भइसकेको थियो । काउन्टरमा टिकट लिए । र, धरहराका सिँढी चढ्न थाले ।
सय खुड्किला पार गरेपछि बबिताले सोचिन्, “अचानक भूकम्प आयो भने ?”
साथीलाई तत्कालै त्यही कुरा सुनाइन् ।
साथीलाई तत्कालै त्यही कुरा सुनाइन् ।
“ह्या यस्तो कुरा नगर, अशुभ बोल्नु हुन्न ।” उनका साथीले त्यसै भने ।
११८ खुड्किला पार गरेपछि बल्ल बाहिरको दृष्य देखियो । उनीहरूसँगै धरहरा उक्लनेको संख्या त्यस्तै ४० थियो होला, उनलाई यकिन भएन ।
११८ खुड्किला पार गरेपछि बल्ल बाहिरको दृष्य देखियो । उनीहरूसँगै धरहरा उक्लनेको संख्या त्यस्तै ४० थियो होला, उनलाई यकिन भएन ।
धरहराको रेलिङबाट काठमाडौं मलतर्फ नियाल्दा आँखानजिकै चराहरू उडिरहेका थिए । चिसो हावा चलिरहेको थियो । आकाशमा बादलका धर्साहरू पनि देखिन्थे ।
“आहा क्या दामी,” साथी पुलकित देखिए । तत्कालै उनले भने, “यता हावा चल्यो, टुँडिखेलपट्टिको साइड जाऊँ ।”
“आहा क्या दामी,” साथी पुलकित देखिए । तत्कालै उनले भने, “यता हावा चल्यो, टुँडिखेलपट्टिको साइड जाऊँ ।”
उनको खुसी र आनन्द धेरैबेर टिकिरहेन । अचानक धरहरा हल्लिएझैं आभास भयो । भूकम्प गयो कि के हो भनेर उनले सोच्न पनि भ्याएकी थिइनन्, काठमाडौं मलमाथिबाट ह्वार्र चराहरू उडे । धरहरा जगैदेखि हल्लियो । वरिपरिका मानिसहरू मुखामुख गर्न थाले । उनले जोडसँग रेलिङ समाइन् । उनका साथी रेलिङमुनि टुसुक्क बसे ।
गटटटट...गडगड् गर्दै धरहरा भाँचियो । उनी हावाको बेगमा भुइँमा झर्न थालिन् ।
उनलाई लाग्यो– अब कुनै हालतमा बाँचिदैन ।
उनलाई लाग्यो– अब कुनै हालतमा बाँचिदैन ।
धरहरा भाँचिएर खस्दासम्म उनी होसमै थिइन् । सोचिन्, “म जेठी छोरी, घर पनि भत्कियो होला । परिवारको बिजोग हुने भयो ।”
धरहरा भाँचिएर उनी भुइँमा बजारिँदै थिइन् । मृत्युको पञ्जामा परिसकेकी थिइन् ।
अचानक मनले भन्यो– भगवान्को नाम जप ।
त्यसपछि उनले भगवान्को पुकारा गरिन् । त्यसबाहेक अर्को केही विकल्प थिएन पनि ।
उनी ड्याम्म भुइँमा बजारिइन् । उनी रेलिङसँगै थिइन् । आफूमाथि रेलिङ परेपछि पो थाहा पाइन्– कतिखेर रेलिङ हातबाट फुत्किएछ । आँखामा अन्धकार छायो । धूलो र मैलोले वरिपरिको दृश्य केही देख्न सकिनन् । होसमै भएकाले चिच्च्याइन्– लौ न मलाई बचाऊ !
इँटा र माटोको थुप्रोमा रेलिङ आड लागेछ । र, उनी संयोगले रेलिङको टाँडभित्र परिछिन् । बाँचिन् ।
आफू त बल्लतल्ल बाँचिन् । चिन्ता थियो, साथीको । साथी पनि खै कसरी बाँचेछन् ।
“भगवान्ले बचाइदिनु भयो होला, मैले देख्दा उनी रेलिङको आडमुनि थिए,” बबिताले १२ गतेको वीभत्स क्षण सम्झिइन् ।
ठूलो स्वरले चिच्च्याएपछि साथी लडखडाउँदै आइपुगे ।
“कम्मरमा हात लगाउँदै थियो । दुखाइले होला र पनि सकिनसकी रेलिङ पन्छाउन थाल्यो । वरिपरिका मानिस पनि आइपुगे । खै कसरी निकाले !” उनले भनिन् ।
निधार छामिन्, रगताम्य थियो । आँखा सुन्निएकाले अगाडिको दृश्य देख्न कठिन थियो । चित्कार, रुवाबासी र घुर्मैलो दृश्यबीच यसो आकाशतिर नियालिन् । धरहराको ठुटोमा आँखा पुग्यो । “सखापै भएछ,” मनैमन भनिन् ।
निधार छामिन्, रगताम्य थियो । आँखा सुन्निएकाले अगाडिको दृश्य देख्न कठिन थियो । चित्कार, रुवाबासी र घुर्मैलो दृश्यबीच यसो आकाशतिर नियालिन् । धरहराको ठुटोमा आँखा पुग्यो । “सखापै भएछ,” मनैमन भनिन् ।
आफूनजिकै पाँच–सात जना मानिस लम्पसार परिरहेका थिए । कति त छट्पटाइरहेका थिए । उनले हेर्न सकिनन् । कतिले त संसार छाडिसकेका थिए ।
साथी र एक–दुई जना भएर उनलाई चोकसम्म ल्याइपुर्याए । त्यतिबेलासम्म सडकमा गाडी गुड्न ठप्प भइसकेको थियो । एउटा ट्याक्सी फेला पर्यो ।
“अस्पताल पुर्याइदेऊ न,” उनीहरूमध्ये कसैले अनुरोध गर्यो ।
साथी र एक–दुई जना भएर उनलाई चोकसम्म ल्याइपुर्याए । त्यतिबेलासम्म सडकमा गाडी गुड्न ठप्प भइसकेको थियो । एउटा ट्याक्सी फेला पर्यो ।
“अस्पताल पुर्याइदेऊ न,” उनीहरूमध्ये कसैले अनुरोध गर्यो ।
नजिकै वीर अस्पताल थियो । धेरै मानिसको हताहती भएजस्तो लाग्यो । सोचिन्– यस्तो बेला वीर अस्पताल गए पालो पाइँदैन ।
त्यसपछि उनी आफैंले काम गर्ने ग्रिनसिटी अस्पताल (धापासी) पुगिन् । बाटामा उनलाई देख्नेहरू अताल्लिन्थे । उनको हविगत देखेर कयौंले जिब्रो टोके ।
निधारबाट ह्वाल–ह्वाल रगत बगिरहेको थियो । आँखाबाट रगत चुहिन पनि रोकिएको थिएन । तर, उनलाई त्यसको कुनै परवाह थिएन । यसकारण कि धरहराबाट खसेर पनि जीवित थिइन् उनी । उनलाई लागेको थियो– निधारमा ठूलो घाउ छ । आँखा फुट्यो होला । र, पनि बाँचेकोमा लामो लामो सास फेरिन् ।
अस्पतालले दुःखाइ कम हुने औषधि दियो । त्यसपछि उनलाई थोरै राहत भयो । अस्पताल न थियो, मानिसहरू कराइरहेका चिच्च्याइरहेका आवाजले त्यहाँ पनि छाड्ने कुरा भएन । अस्पताल पुग्दासम्म उनको निधारबाट रगत बग्न कम भइसकेको थियो ।
सहकर्मीहरूले घाउ सफा गरिदिए । र, आँखाको अवस्था जाँचे । आँखाको कोषको भित्री भाग काटिएकाले रगत बगेको थियो र त्यही कारण सुन्निएको थियो । तर, आँखामा कुनै असर पुगेनछ । उनी ढुक्क भइन् ।
अरु केही असर पुगेको छ कि भनेर ग्रिनसिटीले आँखा अस्पताल जान सुझायो ।
० ० ०
परकम्प जान रोकिएको थिएन । अस्पतालको भवन अग्लो भएकाले वार्डमै उपचार गराउन सम्भव थिएन । चिकित्सक, नर्स र कर्मचारीहरू पनि डरले थरथर भएका थिए ।
उनले काकालाई खबर गरिन् । काका पनि केहीबेरमा आइपुगे । उनको अवस्था देखेर चिकित्सकले अस्पतालमै बस्न आग्रह गरेका थिए । तर, अस्पतालका बिरामी सबै भुइँमा भएकाले उनको मनले त्यहाँ बस्न मानेन । यहाँ बसे पनि पालभित्रै हो, घरमा गएँ भने परिवारको माया ममता पाउँछु भनेर उनी काकाको घर गइन् ।
२५ गतेसम्म काकाकाकीकोमा बसेर उनी कोठामै फर्किइन् । भाइहरू लम्जुङस्थित घरमा गएकाले उनको साथमा थिइन् बहिनी ।
० ० ०
निधार, आँखाको घाउ, खुट्टाको चोट निको हुँदै थियो । उनको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख हुँदै थियो । त्यसैले गोंगबु बानियाँटरको पालमा बस्दा उनी धरहराबाट खसेको भन्दा कसैले पत्याएनन् ।
“धरहराबाट खसेको मान्छे पनि बाँच्छ ? बाँचे पनि यति सामान्य घाइतेमात्रै हुन्छ ?” धेरैले यसै भनेर उडाए ।
घरहराबाट खसेको थाहा पाएपछि उनको घरमा निकै चिन्ता भयो । भन्छिन्, “म खसेको सुनेर आमा निकै रुनुभएछ । सोच्नुभएछ– त्यत्रो धरहराबाट खसेकी, बाँच्दिन होला । हामीलाई झुक्याउन केही छैन भनेका हुन् । आईसीयूमै राखेको होला ।”
सुरुमा उनले फोन गर्नसमेत सकेकी थिइनन् । पछि एभिन्युज टेलिभिजनले उनको बारेमा बाइटसहित समाचार प्रसारण गर्यो । त्यही समाचार हेरेपछि बा–आमा ढुक्क भएछन् ।
१५ दिनको आरामपछि उनी पुनः अस्पताल फर्किइन् । आफ्नो उपचार गर्न होइन, बिरामीको सेवाका लागि । आफू त मृत्युको मुखबाट फर्किएकी थिइन् तर जिम्मेवारी थियो– अरु घाइतेको जीवन बचाउने । उनी नियमित अस्पताल जान थालिन् ।
० ० ०
बिस्तारै शरीरको घाऊ निको हुँदै गयो । भूकम्पको पीडा पनि खाटा बस्न थाल्यो । ठूलो आत्मविश्वासका कारण बाँचेकी थिइन् उनी । धरहरा हल्लिँदामात्रै होइन, टुक्राटुक्रा भएर त्योसँगै आफू जमिनमा बजाँरिदा समेत उनले होस गुमाएकी थिइनन् ।
“मृत्युको मुखमा पुगिसक्दा पनि मानिसमा बाँच्ने तीव्र इच्छा हुँदो रहेछ,” उनले भनिन् ।
धरहराबाट खसेर पनि बाँचेपछि उनलाई आफ्नो जीवन निकै प्रिय लाग्न थाल्यो । सोचिन्, “भगवान्ले केही गर्नकै लागि बचाइदिएका हुन् । मैले राम्रो काम गर्नै पर्छ ।”
नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी गौशालाबाट पीसीएल नर्सिङ उत्तीर्ण बबिता अहिले इनोभेटिभ कलेज अफ हेल्थ साइन्स सिफलमा बीएस्सी नर्सिङ पढ्दैछिन् । भन्छिन्, “यही पेसालाई परिस्कृत गर्छु र सबैले चिन्ने नाम बन्छु ।”
त्यसो त उनलाई अहिले धेरैजसोले धरहराबाट खसेर बाँचेकी युवतीको रूपमा चिन्छन् तर उनी त्यसरी भन्दा कुनै राम्रो काम गरेर नै आफूलाई चिनाउन चाहन्छिन् । “म धरहरा भत्किएर भुइँमा बजारिँँदा पनि नमरेकी युवती भनेर होइन, आफैं राम्रो काम गरेर चिनिन चाहन्छु,” उनले भनिन् ।
० ० ०
भूकम्प आफैंले उनीहरूलाई धरहराबाट खसालेको होइन । उनकै शब्दमा सरकारको असावधानीका कारण उनीहरु मृत्युको मुखमा पुगेका हुन् । त्यसैले अब बन्ने संरचना भूकम्पप्रतिरोधी हुनुपर्नेमा उनी दृढ छिन् ।
भूकम्पपछि उनी थुप्रै पटक धरहरा पुगेकी छिन् । त्यहाँ पुग्दा उनका आँखा रसाउँछन् । बाँचेकोमा खुसी त छिन् तर सरकारले वर्ष दिन बित्दा पनि धरहरा नबनाएको देख्दा उनलाई दुःख लागेको छ । भन्छिन्, “धरहरा इतिहास हो, जसरी पनि बनाउनु पर्छ । जोखिम निम्त्याउने गरी भन्दा पनि भूकम्पप्रतिरोधी तवरले धरहराको पुनर्निर्माण हुनुपर्छ ।”
विनाशकारी भूकम्पको एक वर्ष पुग्दा पनि सरकारले पुनर्निर्माणमा ध्यान नपुर्याउँदा उनको मन खुसी हुन सकेको छैन । भूकम्पमा परी घाइते भएका, मृत्यु भएका र घरबास गुमाएर उठिबास भएका परिवारले राहत नपाएको सुन्दा उनको मन कुँडिन्छ । “सरकाले आफ्नो प्रतिबद्धता पूरा गरोस्, सरकारको प्राथमिकतामा जनता पर्नुपर्छ,” उनी भन्छिन् ।
० ० ०
धरहराबाट खसेको क्षण अहिले उनलाई सपनाझैं लाग्छ । उनका लागि त्यो खतरनाक दुःस्वप्न थियो । टरेर गइसकेको छ । अब जसरी पनि अघि बढ्नु पर्छ ।
तर, मनलाई उनी थाम्न सक्दिनन् । त्यो दिन सम्झिँदा मनमा भयानक ज्वारभाटा चल्छ । हातगोडा लगलग काँप्न थाल्छन् । र, सँगै एउटा अठोट गर्छिन्, “बाचें, अब केही गर्नुपर्छ ।”
तर, मनलाई उनी थाम्न सक्दिनन् । त्यो दिन सम्झिँदा मनमा भयानक ज्वारभाटा चल्छ । हातगोडा लगलग काँप्न थाल्छन् । र, सँगै एउटा अठोट गर्छिन्, “बाचें, अब केही गर्नुपर्छ ।”
उनीसँगै खसेका किशोर अहिले कामविशेषले उपत्यकाबाहिर छन् । घरहराबाट खसेको घटनालाई उतारेर चर्चा कमाउन उनलाई रत्तिभर मन लाग्दैन ।
“उसलाई मिडियामा छाउन त्यति मन लाग्दैन । त्यही भएर ऊ यसअघि पनि मिडियामा आएन,” बबिताले भनिन् ।
“उसलाई मिडियामा छाउन त्यति मन लाग्दैन । त्यही भएर ऊ यसअघि पनि मिडियामा आएन,” बबिताले भनिन् ।
० ० ०
शुक्रबार उनी कार्यरत ग्रिनसिटी अस्पताल पुग्दा उनी अस्पतालकै पोसाकमा थिइन् । अनुहारमा खुसीका भाव छरपष्ट थिए । निधारको खत पनि पुरिएको रहेछ । प्लास्टिक सर्जरीपछि यत्तिको भएको रहेछ ।
कुराकानीका क्रममा उनी कयौंपटक स्मृतिमा हराइन् । उनको आँखामा त्यस दिनको कहालीलाग्दो सम्झनाले जालो हाल्थ्यो । बिर्सन खोज्छिन् र पनि घरिघरि स्मृतिमा आइरहन्छ वैशाख १२ !
जाँदाजाँदै उनले भनिन्, “सुन्धाराको बाटो हिँड्दा धरहरा बनाउन थालेको देख्न पाऊँ !”
प्रस्तुति : अक्षर काका
तस्बिर : राेजित खड्का
No comments:
Post a Comment