गोलो चेहरा । हँसिलो अनुहार । नायिकाभन्दा कुनै कोणबाट कम्ती लाग्दिनन् उनी ! उनको रूप माधूर्यता र शरीरको वान्कीपूर्ण छटा देख्नेबित्तिकै आह्लादित नहुनेहरू कमै होलान् ।
अझ उनको अलग क्षमता देख्नेहरू त आश्चर्यचकित नै हुन्छन्– आखिर असम्भव भन्ने कुरा के नै रहेछ र !
रूप र जवानीले धपक्कै बलेको र लाउँलाउँ खाउँखाउँकै उमेरमा एउटा खुट्टा गुमाएर अपांग बन्नु परे पनि अहिले उनी आम युवाकै बीचमा सफलताकी ‘रोल मोडल’ बन्न पुगेकी छन् । त्यसो त उनी अपांगता आन्दोलनकी प्रेरणा पनि हुन् ।
आइतबार त्रिपुरेश्वरस्थित अपांगता मानव अधिकार सम्मेलनमा उपस्थित थिइन् उनी । उनको नृत्य कौशल र फरक क्षमतालाई नजिकबाट देखेकाहरू उनलाई भेट्न लालायित देखिन्थे । कुराकानीकै क्रममा बाह्रखरीसँग उनले विगत र सफलताका केही आयाम यसरी साटिन्–
० ० ०
२०४९ मा पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मिएकी हुन् नीलम ढुंगाना । पारिवारिक सुखसयलमै हुर्किएकी उनको बाल्यकाल औसत बालबालिकासरह नै बित्यो । बुबा जागिरे भएकाले पनि परिवारको आर्थिक अवस्था मध्यमस्तरकै थियो, खासै दुःख झेल्नु परेन ।
२०४९ मा पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मिएकी हुन् नीलम ढुंगाना । पारिवारिक सुखसयलमै हुर्किएकी उनको बाल्यकाल औसत बालबालिकासरह नै बित्यो । बुबा जागिरे भएकाले पनि परिवारको आर्थिक अवस्था मध्यमस्तरकै थियो, खासै दुःख झेल्नु परेन ।
कामको सिलसिलामा बुबा ठाउँ सरिरहनुपर्दा उनले विभिन्न स्कुल चहार्नुपर्यो । बाबु दधिराम ढुंगाना पेशाले लेखा परीक्षक थिए । नीलम परिवारकी कान्छी छोरी, त्यसैले बुबाआमा, दाइदिदीको लाडप्यार पाउने भइहालिन् ।
बुबा जागिरको सिलसिलामा केही समयको लागि काठमाडौं आउनुपर्यो, त्यसैले उनको प्रारम्भिक पठनपाठन पनि कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा भयो । तर, त्यहाँ लामो समय भने पढ्न पाइनन् ।
बुबाको काम पुनः पूर्वमै पर्यो। उनको पढाइ पनि त्यतै ‘सिफ्ट’ भयो । उनले इटहरीको पाथीभरा बोर्डिङ स्कुलबाट पढाइ नियमित गर्न थालिन् ।
प्रवेशिका परीक्षा सोही स्कुलबाट उत्तीर्ण गरिन् भने कलेज तहको पढाइचाहिँ सुष्मा कोइराला मेमोरियल इन्जिनियरिङ क्याम्पसमा भयो ।
जीवनको कालो बिहान
जीवन आफैँमा अनेक घटना–परिघटनामा योग हो । तर, उनको जीवनचाहिँ अकल्पनीय दुर्घटनाको दुर्योगसँग अभिशप्त बन्न पुग्यो । २०६४ साल माघ २३ गते उनको खुसी खोसियो । र, त्यो जिन्दगीकै कालो बिहान बन्यो ।
जीवन आफैँमा अनेक घटना–परिघटनामा योग हो । तर, उनको जीवनचाहिँ अकल्पनीय दुर्घटनाको दुर्योगसँग अभिशप्त बन्न पुग्यो । २०६४ साल माघ २३ गते उनको खुसी खोसियो । र, त्यो जिन्दगीकै कालो बिहान बन्यो ।
स्मृतिमा पनि नआओस् भन्ठान्छिन् उनी त्यो क्षण । तर, मनले कहाँ मान्दो रहेछ र ! जति बिर्सन खोजे पनि सम्झनाले उनलाई त्यहीँ पुर्याइरहन्छ र बल गरेर बिर्सन खोज्छिन् नीलम ।
एसएलसी नजिकिँदै थियो । स्कुलमा एसएसलसी योग्यता परीक्षाको प्रयोगात्मक चलिरहेको थियो । उच्च शिक्षाको सुन्दर चाहना र परीक्षा सफलताको मनोकामनासहित जाँच दिन हिँडिरहेकी उनको खुसी क्षणभंगुर बन्न पुग्यो । स्कुलतिर गइरहेको बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा खुट्टासँगै सपना पनि तितरवितर भयो ।
सँगै हाँसखेल गरेकी र उस्तैगरी सपना सजाएकी सहपाठी साथी अञ्जना राईको ‘स्पट डेथ’ भयो, उनीचाहिँ गम्भीर घाइते बन्न पुगिन् । बाँच्लिन् भन्ने कसैले आश गरेका थिएनन् ।
दुर्घटनास्थलबाट नजिकै पथ्र्यो घर । क्षणभरमै सयौँ मानिस जम्मा भए र पनि उनको उद्धार हुन सकेन । मालवाहक ट्रक अनलोड नगरिएसम्म उनको उद्धार गर्ने कुनै उपाय नै निस्किएन ।
सँगैकी साथी मूडो भएर लडिसकेकी थिइन् भने उनको अवस्था अकल्पनीय थियो । न चिच्याउन सक्थिन् न चल्न चट्पटाउन नै सक्ने अवस्था थियो उनको । शरीरबाट खुट्टा अलग भइसकेको थियो । ट्रकले उनीहरूलाई पुलमा पुर्याएर च्यापेको थियो ।
करिब ४५ मिनेटपछि उनको उद्धार भयो र धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा पुर्याइयो । सुरुमा होसमै भए पनि उपचार कक्षमा पुर्याउँदा उनको अवस्था नाजुक थियो । दुर्घटनामा नजोडिने गरी खुट्टा छुट्टिइसकेको रहेछ !
अस्पतालका चिकित्सक र परिचारिकाहरूको मायाको केन्द्र बनिन् उनी । उनीहरू सान्त्वना दिन्थे– खुट्टा गुम्दैमा भविष्य कहाँ सकिन्छ र ! राम्रो पढ्नुपर्छ, विस्तारै ठीक हुँदै जान्छ सबैकुरा ।
बुबाआमाले पनि हौस्याइरहन्थे– तिमीले धेरै गर्न सक्छ्यौ, हामी छँदै छौँ नि ! सबैको प्रेरणा र ऊर्जा पाएपछि उनको जीजिविषा झनै बलियो हुन्थ्यो । र, आत्मविश्वास अझै तिखो बन्थ्यो ।
अस्पतालकै शैय्याबाट उनले प्रवेशिका परीक्षा दिइन र प्रथम श्रेणीमा उत्तीर्ण पनि गरिन् । उनमा मात्रै होइन परिवारमै खुसी छायो ।
१५–१६ वर्षको कलकलाउँदो उमेर, भविष्यको ठूूलो योजना त कसरी बनाउन सक्थिन् र ! तर पनि कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो– पुरानो अवस्थामा त म कसैगरी फर्कन सक्दिनँ, मेरो बाँकी जीवन के हुन्छ होला ?
घरी घरी खुट्टामा आँखा पुग्थ्यो । एउटा खुट्टा घुँडादेखि तल नहुँदा उनलाई कहाली लाग्न लाग्थ्यो र मनभित्र प्रश्नवाचक चिह्न खडा हुन्थ्यो– अब के होला मेरो भविष्य ?
अस्पतालमा कहिलेकाहीँ एक्लै हुँदा मनमा अनेक कुरा खेल्थे– ला ! अब मैले गरेर खान सक्दिन होला, जीवनभरका लागि अपांग भएँ, धत् मेरो नियति !
तर, जब हाँस्दै बुबाआमा र परिवारका सदस्यहरू उनको नजिक आउँथे । निराशाका बादलहरू पलभरमै ओझेल पर्थे र खुसीको सूर्य झलमल्ल बन्न थाल्थ्यो ।
परिवारका सदस्यले कहिल्यै ‘विचरा, अब तिमीले गर्न सक्दिनौ’ भनेनन् । बरु, हरतरहले सम्झाउने र बाटो देखाउने भगिरथ प्रयत्न गरिरहे । र, भनिरहन्थे– किन सक्दिनौ, सबै कुरामा तिाी सपांगसरह नै सक्षम छौ ।
अस्पतालमा बस्दा उनलाई जहिल्यै एउटै कुराको चिन्ता हुन्थ्यो– यो घाउ कहिले निको होला ?
कृत्रिम खुट्टाको बारेमा उनले सुनेकी थिइन् । चिकित्सकहरूले पनि भन्थे– कृत्रिम खुट्टा पाइन्छ, त्यो लगाएर तिमी सजिलोसँग हिँडडुल गर्न सक्छ्यौ, केही चिन्ता लिनुपर्दैन ।
दुई महिनापछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । खुट्टा जोडिने अवस्था थियो भने वर्षौं पनि लाग्थ्यो होला तर उनी केही महिना ‘ड्रेसिङ’ गरेपछि बैशाखीको सहरामा यताउता गर्न सक्ने भइन् । भयानक दुर्घटनामा परेकी उनको त्यो दोस्रो जीवन नै थियो ।
० ० ०
ठूलो दुर्घटना पर्नेहरूलाई सामान्यता लामो समयसम्म ‘ट्रमा’ रहिरहन्छ, दुःस्वप्नले झक्झक्याइरहन्छ । तर, उनलाई त्यस्तो केही पनि भएन । हाँस्दै भन्छिन्, “लामो समयसम्म मनमा कुरा खेलाइरहेको भए ममा पनि त्यस्तो ‘ट्रमा’ रहिरहन सक्थ्यो होला । जुन कुरा सम्झिएर अघि बढ्न सकिँदैन त्यो कुरा बिर्सिएकै बेस ठानेँ र भुल्ने बहाना खोजिरहेँ ।”
० ० ०
ठूलो दुर्घटना पर्नेहरूलाई सामान्यता लामो समयसम्म ‘ट्रमा’ रहिरहन्छ, दुःस्वप्नले झक्झक्याइरहन्छ । तर, उनलाई त्यस्तो केही पनि भएन । हाँस्दै भन्छिन्, “लामो समयसम्म मनमा कुरा खेलाइरहेको भए ममा पनि त्यस्तो ‘ट्रमा’ रहिरहन सक्थ्यो होला । जुन कुरा सम्झिएर अघि बढ्न सकिँदैन त्यो कुरा बिर्सिएकै बेस ठानेँ र भुल्ने बहाना खोजिरहेँ ।”
तैपनि बेलाबखत उनलाई लाग्थ्यो– अब म पहिलाको जसरी सजिलोसँग एक ठाउँबाट अर्को ठाउँसम्म जान सक्दिन होला ।
तर, केही समयपछि परिवारले चारपांग्रे स्कुटर ल्याइदिए । त्यसले सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा पुग्न मद्दत पुर्यायो, झनै खुसी भइन् उनी ।
तर, केही समयपछि परिवारले चारपांग्रे स्कुटर ल्याइदिए । त्यसले सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा पुग्न मद्दत पुर्यायो, झनै खुसी भइन् उनी ।
साथीसंगी प्रशस्तै थिए । डरलाग्दो दुर्घटनाबाट बाँचेकाले उनीहरूको सद्भाव र प्रेरणा प्रशस्तै पाइन् । साथीले पनि उनलाई कहिल्यै भनेनन्– दुर्घटनामा खुट्टा गुमाएकाले तिमी सामान्य छैनौ, हामी भन्दा फरक छ्यौ तिमी ! सपांग बेलाभन्दा बढी माया पो पाइन् उनले, जुन पीडा दूर गर्ने मलम बन्यो र जीवनमा अघि बढ्न सघाउ पुग्यो । कलेज जाँदा होस् हाँसखेल गर्दा कहिल्यै अलग सोच्नु परेन ।
उनले सुनेकी थिइन्, जन्मँदै अपांगता भएकाको जन्मिएर चल्न चटपटाउन थाल्दा एउटा अवस्था बनिसकेको हुन्छ । तर, पछि अपांगता भएकालाई त जीवनयापन गर्न निकै कष्टकर हुन्छ । अभ्यस्त हुन वर्षौं लाग्न सक्छ । तर, उनलाई त्यस्तो भएन ।
खुट्टा सद्दे भएका बेला अपांगता भएकाहरु देख्दा उनलाई पनि लाग्थ्यो– यिनीहरूलाई दया गर्नुपर्छ, सहानुभूति देखाउनुपर्छ । विचरा भन्दा मन हल्का हुन्छ होला उनीहरूको !
तर, आफैँ अपांग भएपछि उनलाई लाग्न थाल्यो– हिजो म गलत रहेंछु । अपांगता भएकालाई दया सहानुभूति देखाएर कमजोर बनाउने होइन, अवसर र जिम्मेवारी दिएर बलियो पो बनाउनुपर्दो रहेछ ! अपांगता हुनु कहाँ अभिशाप हो र ?
उनको जीवनमा अध्ययनको अर्को विषय थपियो । इन्टरनेटमा अपांगतासम्बन्धी विविध विषय अध्ययन गर्न थालिन् र आफूभित्र उब्जिएका तमाम प्रश्नहरूको उत्तर आफैँ खोज्न थालिन् ।
० ० ०
उनी सानैदेखि नृत्यमा पारंगत थिइन् । स्कुल कलेजमा हुने हरेक प्रतियोगितामा उनलाई कसैले उछिन्न सक्दैनथ्यो । उनले नृत्यमा भाग लिने भनेपछि अरु त प्रतिस्पर्धा नै गर्न डराउँथे । कति साथीहरू भन्थे– तैँले भाग लिएकी छस् भने हामी नाँच्दैनौँ । कुनै ‘कल्चरल प्रोग्राम’ थिएन जहाँ नीलमले उपाधी नचुमेको होस् ।
० ० ०
उनी सानैदेखि नृत्यमा पारंगत थिइन् । स्कुल कलेजमा हुने हरेक प्रतियोगितामा उनलाई कसैले उछिन्न सक्दैनथ्यो । उनले नृत्यमा भाग लिने भनेपछि अरु त प्रतिस्पर्धा नै गर्न डराउँथे । कति साथीहरू भन्थे– तैँले भाग लिएकी छस् भने हामी नाँच्दैनौँ । कुनै ‘कल्चरल प्रोग्राम’ थिएन जहाँ नीलमले उपाधी नचुमेको होस् ।
कहिलेकाहीँ प्रतियोगितामा उनी सहभागी भइनन् भने शिक्षक, साथीहरूले चिन्ता गर्थे, नीलमलाई के भए छ त ?
तर, खुट्टा गुमेसँगै नृत्यकर्मले झन्डै चार वर्ष विश्राम लियो ।
नाच्न नपाउँदा उनलाई अतिशय पीडा हुन्थ्यो । छट्पटिन्थिन् उनी । के गरौँ र कसो गरौँ हुन्थ्यो । एक्लै कोठोभित्र बसेर कम्मर हल्लाउँदै नाच्ने रहर पूरा गर्थिन् उनी ।
दिन कटाउने माध्यम गीतसंगीत थियो । त्यसले त झन् पीडा बल्झाउन थाल्यो, खाटा बसिसकेको घाउ कोट्याएजस्तो पो भयो ! दुर्घटनामा परेको, खुट्टा गुमेको, सजिलो गरी हिँड्डुल गर्न नसकेको आदि कुरामात्रै दिमागमा नाच्न थाल्यो ।
उनले उतिबेलै सोचेकी थिइन् जीवनमा अरु जे गरे पनि नृत्यलाई पनि सँगै लैजान्छु । नियतिले नराम्ररी झटारो हान्यो उनलाई ! र पनि उनले हरेश खाइनन्, कोठा थुनेर लुकी-लुकी अभ्यास गर्न थालिन् ।
० ० ०
नेपाल अपांग महिला संघ पूर्वाञ्चल शाखाले उनलाई घरबाट बाहिर निकाल्न मद्दत पुर्यायो । वीमा खतिवडा थिइन् पूर्वाञ्चलकी अध्यक्ष । उनले नीलमलाई घरबाट बाहिर मात्र निकालिन् विभिन्न गतिविधिहरूमा सरिक गराउँदै पनि लगिन् ।
० ० ०
नेपाल अपांग महिला संघ पूर्वाञ्चल शाखाले उनलाई घरबाट बाहिर निकाल्न मद्दत पुर्यायो । वीमा खतिवडा थिइन् पूर्वाञ्चलकी अध्यक्ष । उनले नीलमलाई घरबाट बाहिर मात्र निकालिन् विभिन्न गतिविधिहरूमा सरिक गराउँदै पनि लगिन् ।
खतिवडाका अलावा मीना आचार्य पनि थिइन् नीलमलाई उत्प्रेरणा जगाउने । आचार्यले पनि नीलमलाई हौस्याउन थालिन्– तिमी धेरै ठीक भइसकेकी छौ, तिमीले अरुलाई बाटो देखाउनुपर्छ कहाँ घरभित्रै खुम्चिएर हुन्छ त ?
सन् २०१३ डिसेम्बर ३ का दिन विश्व अपांगता दिवसको अवसर पारेर संस्थाले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । दृष्टिविहीन, श्रवणशक्ति कमजोर भएकाहरूले गीत, नृत्यलगायत विभिन्न प्रस्तुति तयार पारेका थिए ।
नीलमलगायतको समूहले नाटकको तयारी गरिरहेको थियो । तर, खतिवडा र आचार्यले भन्न थाले– नाच्ने मान्छे अझै भइदिए हुन्थ्यो ।
उनले कुरैकुरामा भनिन्– पहिला भएको भए त म पनि नृत्य गर्थें हेर्नुस् दिदी, तर अहिले त सक्दिनँ । हुन पनि उनी एक मिनेट नृत्य गर्दानगर्दै असिनपसिन भइसक्थिन् ।
त्यसपछि उनीहरूले नीलमलाई छाड्दै छाडेनन्, जसरी पनि नृत्य देखाउनै पर्छ भनेर अड्डी कसे ।
कार्यक्रम आउन चारदिन मात्रै बाँकी छ, न नीलमसँग नृत्यको वेशभुषा छ, न त नृत्यका लागि आवश्यक तयारी नै गरेकी छन् । ‘स्टेप’हरू पनि बिर्सिइसकेकी थिइन् उनले ।
त्यसपछि घरभित्र कोठा थुनेर आफैँ अभ्यास थालिन् । संस्थाका दिदीहरूले पनि नीलमले घरमा अभ्यास गर्दिनन् होला भनेर कार्यालयमै बोलाएर पारंगत तुल्याउन थाले ।
जब उनलाई नृत्यका लागि स्टेजमा बोलाइयो– एक खुट्टाले नृत्य गर्न नीलम ढुंगाना आउँदैछिन्, जोडदार ताली बजाउनुहोस् ।
उनको मुटुको धड्कन एक्कासि बढ्यो, बाहिरै आवाज सुनिएला जसरी ! दर्शक पनि मुखामुख गर्न थाले, आश्चर्य माने उनीहरूले !
जहाँसम्म आँखा पुग्थ्यो, त्यहाँसम्म ‘अडियन्स’ थिए, ‘नर्भस’ नहुनु पनि कसरी !
सुरुमा उनलाई बोल्न लगाइयो । उनका ओठ थरथरी काँपे, के बोलिन् उनलाई केही याद छैन ।
तर, नृत्य गर्न थालेपछि उनी पुरानै दिनमा पो फर्किइन् ! म्युजिकसँगै भय सन्त्रास एकाएक गायब भयो । उनको नृत्य कौशलले सबैको मन जित्यो, एक मिनेटमै थकित भइहाल्ने उनी चार मिनेट ३० सेकेन्डसम्म लगातार एक खुट्टाले नृत्य गर्न सकिन् ! ‘माइती घर....’ बोलको गीतमा उनले नृत्य गरेकी थिइन् त्यतिबेला उनले । स्कुलका कार्यक्रममा र त्यसबेलाका प्रतियोगिताहरूमा नृत्य गर्ने उनको प्रिय गीत पनि थियो त्यो ।
कार्यक्रम सकिएपछि बधाइको वर्षा नै भयो । नृत्य गर्ने मान्छे कलाकार हुन्छ, त्यसरी वाहवाही पाउँछ भनेर सायदै उनले कल्पना गरेकी थिइन् ।
वास्तवमा त्यो उनको जीवनको दोस्रो इनिङ थियो, जीवनको नयाँ आयाम पनि !
वास्तवमा त्यो उनको जीवनको दोस्रो इनिङ थियो, जीवनको नयाँ आयाम पनि !
अर्को एउटा प्रसंग छ– नृत्य हेर्ने भीडमा उनका साथीभाइमात्र थिएनन्, उनका परिवारका सदस्यसमेत थिए । मरेर बाँचेकी छोरीले कस्तो नृत्य गर्दिरहिछे हामी पनि हेर्नुपर्यो भने उनीहरू बिहानै कार्यक्रमस्थल पुगेका थिए ।
छोरीको बेजोड नृत्य देखेर उनकी आमाको आँखै थामिएनन् रे !
बाँच्छे भनेर त हामीलाई विश्वास थिएन तर एक खुट्टको सहारामा नाचेर छोरीले सबैको मन जिती भनेर आमा धरधरी नै रोइन् ।
० ० ०
उनको कलाकारिताको नयाँ शृंखला सुरु भयो । नीलम ढुंगाना एक खुट्टाले वान्कीपूर्ण नृत्य गर्छिन् र सबैलाई आश्चर्यचकित तुल्याउँछिन् भनेर उनको चौतर्फी प्रशंसा भयो । इटहरी, मोरङलगायतका ठाउँमा उनको खोजी नै हुन थाल्यो । त्यस्तैमा सन् २०१४ को माघमा विराटनगर महोत्सवमा नृत्य प्रस्तुतिका लागि उनलाई निम्तो आयो । उनी छक्क परिन् र सोच्न थालिन्– अपांगता भएका व्यक्तिहरूले आयोजना गरेको कार्यक्रममा पो नृत्य गरेँ, त्यत्रो ठूलो महोत्सवमा नाँच्न सकुँला त ? सुरुमा त सक्छु जस्तो लागेन उनलाई !
० ० ०
उनको कलाकारिताको नयाँ शृंखला सुरु भयो । नीलम ढुंगाना एक खुट्टाले वान्कीपूर्ण नृत्य गर्छिन् र सबैलाई आश्चर्यचकित तुल्याउँछिन् भनेर उनको चौतर्फी प्रशंसा भयो । इटहरी, मोरङलगायतका ठाउँमा उनको खोजी नै हुन थाल्यो । त्यस्तैमा सन् २०१४ को माघमा विराटनगर महोत्सवमा नृत्य प्रस्तुतिका लागि उनलाई निम्तो आयो । उनी छक्क परिन् र सोच्न थालिन्– अपांगता भएका व्यक्तिहरूले आयोजना गरेको कार्यक्रममा पो नृत्य गरेँ, त्यत्रो ठूलो महोत्सवमा नाँच्न सकुँला त ? सुरुमा त सक्छु जस्तो लागेन उनलाई !
तर, उनको लागि अवसर थियो । त्यो मौका गुमाउनु भनेको आफैँले आफैँलाई पछाडि पार्नुसरह हुने सोचेर उनले नृत्य गर्ने निधो गरिन् ।
करिब ५० हजार दर्शकका सामु उनी प्रस्तुत भइन् । सबैका आँखा उनीतिरै केन्द्रित थिए । अपांगता भएकी त्यो पनि एक खुट्टाले नृत्य गर्छिन् भन्ने सुनेर उनको नृत्य हेर्नकै लागि पनि टाढाटाढाबाट दर्शक त्यहाँ पुगेका थिए ।
उनको दोस्रो मञ्च थियो, मनमा डर पैदा भए पनि उनी मिचेरै मञ्च चढिन् र केही समयको फरक पारेर दुईवटा गीतमा नृत्य प्रस्तुत गरिन् ।
सुरुमा ‘माइतिघर..’ बोलकैमा र दोस्रो ‘कर्कलो गाभा..कठै मेरो बाबा’ भन्ने गीतमा नृत्य गरेकी थिइन् उनले । उनले वाहवाही मात्रै कमाइनन्, त्यसबाट पछाडि फर्केर हेर्नुसमेत परेन ।
तीन वर्षको अन्तरालमा तीन बढी देश र तीन दर्जन बढी स्टेजमा उक्लिएर नृत्य पस्किसकेकी नीलम ‘युथ आइकन’ नै बनिसकेकी छन् । र, वान्कीपूर्ण नृत्यकौशलले सबैलाई आह्लादित तुल्याइरहेकी छन् ।
जहाँ नाँच्छिन्, सबैले भन्छन्– वान्स मोर नीलम !
० ० ०
एउटा रमाइलो प्रसंग छ–
उनको फोटो अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मलिया ओबामाले समेत सेयर गरिन् । ‘आजको उनको जन्मदिन हो, म शुभकामना दिन चाहन्छु’ भनेर ओबामापुत्रीले सेयर गरेको नीलमको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । यही सेप्टेम्बर मध्यतिरको घटना थियो त्यो ।
० ० ०
एउटा रमाइलो प्रसंग छ–
उनको फोटो अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मलिया ओबामाले समेत सेयर गरिन् । ‘आजको उनको जन्मदिन हो, म शुभकामना दिन चाहन्छु’ भनेर ओबामापुत्रीले सेयर गरेको नीलमको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । यही सेप्टेम्बर मध्यतिरको घटना थियो त्यो ।
तर, वास्तवमा त्यसदिन उनको जन्मदिन भने थिएन । उनी प्रष्ट्याउँछिन्– ‘आज नीलमको जन्मदिन हो, उनलाई शुभकामना दिऊँ’ भन्ने आसयसहितको फोटो सामाजिक सञ्जालमा दिनहुँ सेयर हुन्छ । त्यसैगरी ओबामाकी छोरीको फेसबुक वालमा फोटो पुगेको रहेछ र उनले समेत सेयर गर्न भ्याइछिन् ।’
कतिपय फेसबुक पेजले उनीप्रति सहानुभूति बटुल्न र ‘लाइक’, ‘कमेन्ट’ र ‘सेयर’ पाउन अनेक हर्कत गरेको देख्दा उनलाई दुःख पनि लाग्यो । साथै अमेरिकी राष्ट्रपतिकी छोरीको सहानुभूति पाउँदा खुसी अनुभूति पनि गरिन् ।
० ० ०
उनी विवाहित हुन्, श्रीमानको माया र साथका अतिरिक्त उत्तिकै हौसला पनि पाएकी छन् ।
० ० ०
उनी विवाहित हुन्, श्रीमानको माया र साथका अतिरिक्त उत्तिकै हौसला पनि पाएकी छन् ।
“परिवारबाट राम्रो साथ र सहयोग पाउने हो भने अपांगता भएकाहरूले गर्न नसक्ने भन्ने केही हुँदो रहेनछ ,” हाँस्दै कालो चस्मा टाउकामा सिउरिन् ।
त्यसो त सुरु सुरुमा उनलाई ‘अपांगता भएकी त्यो पनि एक खुट्टाले कसरी नृत्य गर्छे होली बिचरी !’ भन्नेहरू पनि नभएकी होइनन् तर ती सबैलाई उनले क्षमताले नै निःशब्द बनाइन् ।
अहिले जब उनी स्टेज चढ्छिन्, सांग भन्दा पनि उत्कृष्ट प्रस्तुतिले उनी अपांगता भएकी हुन् नै भन्ने बिर्सन्छन् दर्शकले । ‘वान्स मोर नीलम’ भन्दै हुटिङ गरिरहन्छन् । उनी त्यसैलाई सफलता ठान्छिन् । मुस्कुराउँदै भन्छिन्, “कलाकारको ऊर्जा भन्नु नै दर्शकको ‘क्राउड’ न हो, जब दर्शकको ‘क्राउड’ बढ्न थाल्छ, आफैँलाई सफल भएछुजस्तो लाग्छ ।”
कुराकानीको पोयो गाँठो पार्दै उनले भनिन्, “अपांगता भएका व्यक्तिहरू हिनतामा बाँच्नु हँदोरहेछ , हिनता त मृत्युको पर्याय पो रहेछ ! त्यसले क्षमतालाई मार्छ । आफूमा आत्मविश्वास जगाउने र दृढनिश्चयी बन्ने हो भने असम्भव भन्ने केही पनि छैन दुनियाँमा । र त अपांगता भएका व्यक्तिहरूलाई म सधैँ भन्ने गर्छु– नखुम्चनुहोस्, फराकिलो दुनियाँमा प्रवेश गर्नुहोस् !”
त्यस्तै उनी अपांगता भएकाहरूलाई केही गर्न नसक्ने समुदाय भनेर दयाभाव देखाउने होइन, अवसर दिनुपर्ने तर्क गर्छिन् ।
No comments:
Post a Comment